महाकाली नदीले बगायो गुरुङलाई
- असार १६, २०८१ मा प्रकाशित
कासिन न्यूज,
कञ्चनपुर ।
महाकाली नदीमा बगेर दिउँसो एक मजदुर बेपत्ता भएका छन् । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर माछा मार्न महाकाली गएका बेला बगेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार महाकालीमा बगेर सुर्खेतको बराहताल गाउँपालिका–४ साजघाटका धनबहादुर गुरुङ बेपत्ता भएका हुन् ।
बेपत्ता गुरुङको खोजी गर्न प्रहरीले गोताखोर टोली परिचालन गरेको छ । उनी कम्पनीमै कार्यरत अन्य मजदुरसँग माछा मार्न महाकाली गएका थिए । वर्षाका कारण महाकाली नदीमा पानी बहाव बढेकाले खोजबिन गर्न प्रहरीलाई समस्या भएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments