काठमाडौं शहरका ठूला घरहरुमा आँखा लगाउनेहरु प्रहरीको कब्जामा
- असार १६, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
काठमाडौं शहरका ठूला घरहरुमा आँखा लगाउने अर्थात चोरहरुको सक्रिय गिरोहलाई नेपाल प्रहरीले आफनो कब्जामा ल्याएको छ । गत जेठ २४ गते टोखामा भएको चोरीको घटनाबारे अनुसन्धान गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार टोखा नगरपालिका–८ स्थित रामबहादुर थापाको साढे २ तले घरमा कोही नभएको अवस्थामा दिउँसै चोरी भएको थियो । घरको मूल ढोका नै फोडेर चोरले सुनका गहना, नगद, मोबाइल र ल्यापटप गरी करिब २९ लाख ७५ हजार ६७० रुपैयाँ बराबरको चोरी गरेका थिए ।
प्रहरीले अनुसन्धानका क्रममा चोरीमा ओखलढुङ्गा घर भई मनमैजु बस्ने १९ वर्षीय दीपेश मगर र चोरीको सामान बेचबिखन गर्ने अन्य व्यक्तिलाई पक्राउ गर्न सफल भएको उपरीक्षक आचार्यले जानकारी दिए ।
सोधपुछका क्रममा मगरले असार १३ गते टोखाकै भण्डारी टोलीमा रहेको रोशनी तामाङको साढे २ तल्ला घरको पहिलो तल्लामा प्रवेश गरी सुनका गहना, मोबाइल र ल्यापटपसमेत गरी १० लाख ८६ हजार ८०० रुपैयाँ बराबरको धनमाल चोरी गरेको खुल्न आएको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments