नम्वर वानले मात्र भएन : शिक्षा नितिमा परिवर्तन जरुरी – कलेज एक सय एक शिक्षा क्षेत्र जहाँको त्यही

- असार १७, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
अहिले नेपालको शिक्षा भनेको कानु गोरुलाई औसी न पुर्णीमा हुन् थालेको छ । जसको लागि स्वर्ण द्धार मानिएको एसईई को नतिजालाई हेर्दा पनि हुन्छ । एसईई को नतिजालाई लिएर शिक्षा सेवीहरुको आवाज सुनिएको छैन् । जुन निकै दुखलाग्दो कुरा पनि हो । तर शिक्षा भन्दा पनि आर्थिक मोहमा फस्न थालेको हाम्रो शिक्षा क्षेत्रले उत्पादन शिलतालाई ध्यान नसकेको पाइन्छ ।
ठूला कलेज र ठूला स्कूलका दादागिरीले सामान्य भन्दा सामान्य मानव प्रताडित हुन् थालेका छन् । यसको जवाफ नेपालका बरिष्ठ शिक्षा सेवीहरुमा छैन् ।
यही मेलोमा नेपालको शिक्षा र यसको प्रणालीको आफूलाई अब्बल बनाएर ढिंगोरा पिट्ने कलेजहरु जोे एसईईको नतिजा आए पछि एक दम जरुरी बनेको छ ।
आर्थिक लोड र शैक्षिक लोडले पिडित रहेका अभिभावकहरुलाई नम्वर वान देखाउन पनि यस्ता कलेजहरु लागि परेका छन् । जसका बारेमा कासिन न्यूजले निकै अध्ययन र अनुसन्धान गर्यो ।

त्यसैको बावजुद आज नम्वर वान कलेज कुन भन्दा कुनै अनलाइन न्यूज पोर्टल सर्च गर्दा हुन्छ । हरेक अभिभावकहरुको पहिलो प्राथमिकता भनेको आफनो भविष्य अर्थात सन्तानलाई राम्रो शिक्षा दिनु नै हो । यही शिक्षाको खोजीमा रहेकाहरुलाई कस्तो विषय रोज्ने ? कहाँ पढ्ने ? अबको शैक्षिक यात्रा कस्तो होला ? जस्ता थुप्रै प्रश्नले अभिभावक र विद्यार्थी सोचको परिधिमा अल्झिरहेका हुन्छन् । अभिभावक र बिधार्थीहरुको सोचलाई मध्यनजर राख्दै कासिन न्यूजले  सफलताको सिंढी चढिरहेका १० कलेजलाई छनौट गर्ने जर्मको गरेको छ । जसले गर्दा बिधार्थी र अभिभावकहरुलाई केही राहत महसुस हुन् सकोस् ।

बिगत देखी उत्कृष्ट प्लस टुको सूचीमा एकाधिकार कायम गरिरहेको प्लस टु मध्ये एक हो प्रसादी एकेडेमी । प्लस टुमा उत्कृष्ट शिक्षा दिइरहेको आधुनिक अध्यापन विधी अंगाल्दै आएको ‘प्रसादी एकेडेमी ललितपुर’ नम्बर एक स्थानमा छ भनें प्लस टु शिक्षाको पर्याय जस्तै बनेको छ । सेन्ट जेभियस दोस्रो स्थानमा रह्यो भने तेस्रो स्थानमा काठमाडौं मोडल (केएमसी) बागबजार र ट्रिनिटी इन्टरनेसनल, डिल्लीबजार रहयो । यस्तै चौथो स्थानमा पिनाकल एकेडेमी, ललितपुर र एनसीसीएस, पकनाजोल रहेका छन् । पाँचौ स्थानमा प्लस टु शिक्षामा आफ्नै बलियो ब्रान्ड बनाएको सिसिआरसी, कोटेश्वर र युनिग्लोब, कमलादी रहेको छ ।

मोर्डन स्कुल/ कलेज, भक्तपुर, जेभियर इन्टरनेसनल, कालोपुल र लिटल एञ्जल्स, हात्तिवन छैंटौं स्थानमा पर्न सफल भयो । सातौं स्थानमा काठमाडौं बर्नहार्ट, बल्खु र जेभियर एकेडेमी, लाजिम्पाट परेका छन् । आठौं स्थानमा सेन्ट लरेन्स, चावहिल, अरनिको मावि, बिराटनगर र किस्ट कलेज, कमलपोखरी रहेका छन् ।
यस्तै नवौं स्थानमा बराबरको मदरल्यान्ड मावि, पोखरा र युनाइटेड एकेडेमी, ललितपुर परेका छन् । त्यस्तै दशौं स्थानमा रिलान्यन्स इन्टरनेसनल, एकेडेमी चावहिल र लिभरपुल इन्टरनेसनल, नयाँ बानेश्वर रहेका छन् ।  राम्रो व्यवस्थापन, उत्कृष्ट फ्याकल्टी, अनुभवी प्राध्यापक, पूर्वाधारमा लगानी, समय र परिवेश सुहाउदो पाठ्य सामग्रीले गर्दा यी शिक्षण संस्था अब्बल हुन भन्नेमा विश्वस्त हुन सकिन्छ।

१.प्रसादी एकेडेमी, ललितपुर

आधुनिक शिक्षा र अब्बल बिधार्थीहरु निर्माण गर्ने सोच सहित २७ वर्ष देखी प्लस टुमा एकाधिकार कायम गरिरहेको प्रसादी एकेडेमी प्लस टू शिक्षा दिने क

लेजको भीडमा पृथक र अब्बल छ । कक्षा ११ र १२ विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन गराउने प्रसादी ‘प्लस टु’ अध्यापन गराउने अग्रणी शैक्षिक संस्था हो ।
प्रसादीको शैक्षिक परिणाम हरेक वर्ष उत्कृष्ट छ । प्रसादी एकेडेमी अनुशासित वातावरण र गुणस्तरीय पठन विधिका कारण पनि विद्यार्थी र अभिभावकमाझ बेग्लै छाप छाड्न सफल छ ।

दुई दशक लामो शैक्षिक परिणाममा आफूलाई सधैं अब्बल राख्न प्रसादीले शिक्षण विधिलाई समयअनुकूल परिमार्जन गर्ने गरेको छ । ‘प्लस टु’ एजुकेसनमा केन्द्रित छ । निश्चित कोटामा राम्रा विद्यार्थी भर्ना लिएर उच्च प्रतिफल हासिल गर्नु प्रसादीको मुख्य विशेषता हो । कलेजका फाउन्डर प्रिन्सिपल विक्रम राई प्रसादीले विद्यार्थीलाई पढाउनेभन्दा पनि कसरी पढ्ने भनेर सिकाउने दाबी गर्छन् । त्यसैले ‘प्लस टु’मा निरन्तर ९७ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल छ प्रसादी फाउन्डर राई भन्छन् ।

२.सेन्ट जेभियर्स, माइतीघर

‘उत्कृष्टता, नेतृत्व र सेवामा समर्पित’ हुने उद्देश्य लिएको सेन्ट जेभियर्सले ५ सय भन्दा बढी विद्यार्थी भर्ना लिँदैन। कक्षा ११ मा विज्ञान संकाय मात्र अध्यापन गराउने यो संस्थाले ‘मेरिट’को आधारमा हजारौं विद्यार्थीबाट छनोट गरेर सीमित कोटामा भर्ना लिन्छ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तथा स्नातकोत्तर तहको अध्यापन गराउने भए पनि सेन्ट जेभियर्सको चिनारी भने ‘प्लस टु’मा यसले स्थापित गरेको ‘लेगेसी’ नै रहेको छ।

विज्ञान, अनिवार्य गणित, ऐच्छिक गणित, र अंग्रेजीमा कम्तिमा ‘ए’ र अन्य विषयमा कम्तिमा ‘बी प्लस’ ल्याएका विद्यार्थीलाई मात्र भर्ना लिने संस्था हो सेन्ट जेभियर्स। विद्यार्थीले विज्ञान, गणित, अंग्रेजी र तर्कसम्बन्धी १०० प्रश्नको लिखित परीक्षा पास भएपछि अन्तर्वार्ताबाट भर्नाको अन्तिम सूची छनोट गरिन्छ।

३) काठमाडौं मोडल (केएमसी), बागबजार/बालकुमारी
काठमाडौं मोडल कलेज (केएमसी)लाई पनि शिक्षा क्षेत्रमा आफनो चिनारीलाई राम्रो सँग दिलाउन सफल भएको कलेजको रुपमा चित्रित छ । बिगत २५ वर्षदेखि सञ्चालनमा आएको यो कलेज बागबजारमा रहेको रहेको छ ।
आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण केएमसी, काठमाडौं उपत्यका भित्र रहेका कलेजमध्ये अब्बल दर्जाको कलेज हो । विगतलाई फर्केर हेर्ने हो भने यो कलेजले नेटवर्कभित्र प्लस टु पछि माथिल्लो लेभलसम्म युनिभर्सिटीको प्रोग्राम चलाएको छ ।

सफलताबारे विद्यार्थीले विभिन्न परीक्षामा ल्याएको उत्कृष्ट नतिजालाई नै काठमाडौँ मोडलको सफलताका रुपमा लिन सकिन्छ । जहाँ विज्ञान, व्यवस्थापन र मानिविकी संकायमा कक्षा ११ र १२ मा पढाइ हुन्छ । बागबजारमा रहेको काठमाडौं मोडलमा ‘प्लस टु’अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको पढाइ हुन्छ। विश्वविद्यालयका प्रवेश परीक्षामा काठमाडौँ मोडलका

३) ट्रिनिटी इन्टरनेसनल कलेज, डिल्लीबजारट्रिनिटी इन्टरनेसनल कलेजमा विज्ञान र व्यवस्थापनमा अध्यापन हुँदै आएको छ । ‘भविष्यका लागि शिक्षा’ भन्ने उद्धेश्यका साथ अघि बढेको ट्रिनिटीमा ‘प्लस ’टु’ र ‘ए लेभल’ तहअन्तर्गत विज्ञान, व्यवस्थापन र मानविकी संकायको पढाइ भइरहेको छ ।
काठमाडौंको डिल्लीबजारमा रहेको यो कलेज भौतिक पूर्वाधारको हिसाबले पनि अब्बल छ । सन् २००८ मा स्थापना भएको यो कलेजमा पढेका हजारौंले एमबिबिएस, बिडिएस, बिबिए, इन्जिनियरिङ र आइटीमा अध्ययन पूरा गरिसकेका छन्।

ट्रिनिटीबाट पास आउट भएका २५ सयभन्दा बढी विद्यार्थी उच्चशिक्षाका लागि अमेरिका, अस्ट्रेलिया, बेलायत, युरोप, चीनसहितका मुलुक पुगेका छन् ।
ट्रिनिटीका निर्देशक शिवप्रसाद सुवेदी विद्यार्थीले आफ्नो इच्छा अनुसारका विषय छनोट गरेर भर्ना हुँदा उत्कृष्ट नतिजा आउने बताउँछन्। काठमाडौंको डिल्लीबजारमा रहेको यो कलेज भौतिक पूर्वाधारको हिसाबले पनि अब्बल छ ।

४) एनसीसीएस, पकनाजोल

‘साक्षर, प्रगतिशील र चेतन समाजको विकास’ लाई प्राथमिकतामा राखेको नेशनल कलेज अफ कम्प्युटर स्टडिज (एनपसिसिएस) पक्नाजोलमा २३ वर्षअघि खुलेको हो । एनसीसीएस स्नातक मात्रै नभई कक्षा ११ र १२ मा पनि अब्बल शैक्षिक संस्था हो । सूचना प्रविधि अध्यापनमा प्रख्यात एनसीसीएसले एनसीसीएस हायर सेकेन्डरी स्कुल र नेसनल क्रियटिभ एजुकेशनल स्कुलमार्फत् कक्षा १२ सम्मको अध्यापन गराउँदै आएको छ ।

दुई हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने एनसिसिएसमा खेलकुद, प्रोजेक्ट वर्क, सांस्कृतिक कार्यक्रम र शैक्षिक भ्रमण नियमित पढाइबाहेकका मुख्य गतिविधि हुन् । एनसीसीएसले ९९ प्रतिशतसम्मको नतिजा निकालेको रेकर्ड छ । उच्च माध्यमिक तहमा व्यवस्थापन मात्रै अध्यापन गराउने एनसीसीएसमा भर्ना हुन एसइइ परीक्षामा कम्तीमा ‘बी’ ग्रेड ल्याउनुपर्छ । एनसीसीएसमा होटल म्यानेजमेन्ट पनि आकर्षणको विषय हो। त्यसका लागि किचेन, बार, रेष्टुरेन्टलगायत पूर्वाधार तयार गरी एनसीसीएसले शिक्षणपद्धतिलाई समयानुकूल परिवर्तन गर्दै लगेको छ ।

४) ग्लोबल कलेज अफ म्यानेजमेन्ट, बानेश्वर
ग्लोबल कलेज अफ म्यानेजमेन्ट सन् २००१ मा काठमाडौंको मध्यबानेश्वरमा खुलेको हो । व्यवस्थापनको अध्यापनमा सफल बनेपछि ग्लोबल कलेजले सन् २०१९ पछि ग्लोबल स्कुल अफ साइन्स पनि सञ्चालनमा ल्याएको छ। प्रयोगात्मक विषयलाई धेरैजसो शैक्षिक संस्थाले साधारणतय कक्षामा नै सीमित गरिदिन्छन् । व्यवस्थापन आफैंमा एक प्रयोगात्मक विषय भएकाले ग्लोबल कलेजले यसलाई आफ्नो ताकत बनाएको छ ।

ग्लोबल कलेजमा विज्ञान र ए लेभलको पनि पढाइ हुन्छ । अत्याधुनिक ल्याबसहित विज्ञान विषयमा दक्ष जनशक्तिबाट अध्यापन हुँदै आएको छ । ए लेभलको अध्ययनले अन्तर्राष्ट्रिय शिक्षाका लागि एउटा आधार तयार गर्न मद्दत गर्छ ।
बिहान र दिउँसो गरी दुई सत्रमा पढाइ हुने ग्लोबल कलेजले विद्यार्थीलाई स्वस्फूर्त सिकाइमा हरतरहले प्रेरित गरिरहेको हुन्छ। विषयगत प्रोजेक्ट कार्य, शैक्षिक भ्रमण, व्यापारिक सर्भे, सामाजिक सेवाका कार्यक्रम र खेलकुद गतिविधि ग्लोबल कलेजमा पढाइसँगसँगै सञ्चालन हुने गर्छन्।

४) पिनाकल एकेडेमी, लगनखेल
ललितपुरको लगनखेलमा रहेको पिनाकल एकेडेमीमा अहिले प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्ययन अध्यापन हुँदै आएको छ । पिनाकलमा ‘प्लस टु’ अध्ययनका लागि कूल १३ सय विद्यार्थी हरेक वर्ष छनोट हुन्छन् ।
पिनाकलले सीप र शिक्षा दुवैलाई सँगसँगै अगाडि बढाएको छ। प्रतिस्पर्धात्मक ‘जब मार्केट’मा आफ्नो स्थान सुरक्षित गर्न र सफल हुन विद्यार्थीले के गर्नुपर्छ भन्ने बारे कलेजले विशेष ध्यान दिन्छ ।

पत्रकारिता पढ्ने विद्यार्थीलाई विभिन्न सञ्चारगृहमा इन्टनसिप र कानुन पढ्ने विद्यार्थीलाई मुडकोट तालिमको पनि व्यवस्था यो कलेजले गरेको छ । पिनाकलले हरेक विद्यार्थीलाई दैनिक एमसीक्यू (अब्जेक्टिभ प्रश्न)को अभ्यास गराउँछ, जसले विद्यार्थीलाई नाम निकाल्न सहज बनाउछ ।
म्यानेजमेन्टका विद्यार्थीलाई भने आफ्नै होटल टेनिङ सेन्टरमा राखेर प्रशिक्षित गर्छ । हप्ताको एक दिन ३ घण्टा सेफ, बार, हाउस किपिङ, वेटरजस्ता टेनिङले विद्यार्थीमा सुरुवातबाटै सैद्धान्तिक ज्ञानको विकास हुन्छ ।

५) सिसिआरसीए
क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसीए), शैक्षिक दक्षता हासिल गर्नका लागि एक उर्बर थलो । सन् २००१ देखि सञ्चालित कलेजको नतिजाले भन्छ, यहाँ पढेका विद्यार्थीले बलियो शैक्षिक धरातल निर्माण गर्न सक्षम हुन्छन् ।
सिसिआरसी आफूलाई ‘द कलेज फर लर्निङ विथ पोजेटिभ अप्रोच’ भनी चिनाउन चाहन्छ । यसले विद्यार्थीलाई शैक्षिक जनशक्तिको रुपमा मात्र तयार गर्दैन उत्तिकै जिम्मेवार र कर्तव्यनिष्ठा नागरिक बन्न पनि प्रेरित गर्छ ।

कलेजमा विज्ञान, व्यवस्थापन र मानविकी संकाय अन्र्तगत पठनपाठन हुन्छ । स्थापनाकालदेखि उत्कृष्ट नतिजा दिइरहेको यस कलेज यसकारण खास छ कि, जसले पठनपाठनलाई जीवनसँग जोड्ने गर्छ । यसका लागि कलेजसँग दक्ष, परिपक्क र अनुभवी शिक्षक समूह छ ।
कलेजमा पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब जस्ता सुविधाहरु छन्, जसले व्यवहारिक सिकाईलाई प्रभावकारी बनाउँछ । यसका साथै कक्षाकोठा विद्यार्थीमैत्री छ । अत्याधुनिक भौतिक संरचना भएको कलेजमा आवसिय विद्यार्थीका लागि होस्टलको व्यवस्था छ ।

५) युनिग्लोब मावि/कलेजकाठमाडौंको कमलादीमा अवस्थित युनिग्लोब मावि÷कलेज नेपालको एक अग्रणी शैक्षिक संस्था हो । विश्वस्तरमै अब्बल साबित गर्न सक्ने दक्ष एवं क्षमतावान् जनशक्ति उत्पादन गर्दै राष्ट्र सेवा गर्ने उदेश्यसहित खुलेको यस कलेज हरेक वर्ष उत्कृष्ट नतिजा पस्किन सफल छ ।
उज्जवल भविष्यको सपना बोकेर गुणस्तरिय एवं युग सुहाउँदो शिक्षाको खोजीमा रहने हरेक विद्यार्थीको सपना साकार पार्न लागि परेको युनिग्लोबमा स्कुल लेभलदेखि प्लस टु, ब्याचलर र मास्टर्ससम्म अध्यापन हुने गर्दछ ।

विद्यार्थीको उच्च शिक्षाका लागि प्लस टु नै आधारभूमी हो भन्ने बुझेको युनिग्लोबमा प्लस टुतर्फ विज्ञान, व्यवस्थापन तथा कानून संकायमा पढाई हुन्छ । विज्ञान संकाय अन्तर्गतका विद्यार्थीहरुलाई लक्षित गरी सुविधासम्पन्न अत्याधुनिक प्रयोगशालाहरु पनि संचालनमा ल्याएको छ ।
भौतिक पूर्वाधारअन्तर्गत कक्षाकोठालाई प्रविधिमैत्री र सुविधा सम्पन्न तुल्याएको युनिग्लोबले विद्यार्थीलाई अध्ययनमैत्री वातावरण होस् भनेर अत्याधुनिक लाईब्रेरी समेतको व्यवस्था गरेको छ । दक्ष र अनुभवी शिक्षक समूह र अनुशासित माहोल बनाउन सफल युनिग्लोब कलेजले वार्षिक बोर्ड परिक्षाहरुमा उत्कृष्ट नतिजा पस्कँदै आएको छ ।

पढाईमा मात्र होइन, अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड दिने युनिग्लोबले आफ्नै परिसरमा बास्केट बल कोर्ट, टेबल टेनिस बोर्ड, फुटसल ग्राउण्ड आदी संरचनाहरु खडा गरेको छ । जसमा नियमित खेल गतिविधिहरु हुनुका साथै वार्षिक क्यालेण्डर बनाई खेल प्रतियोगिताहरु संचालन हुँदै आएका छन् ।

६) मोर्डन स्कुल एन्ड कलेज

विद्यार्थीलाई शिक्षाका साथसाथै व्यवहारिक जीवन सुन्दर बनाउने कला पनि सिकाउनु जरुरी छ । उनीहरुले आज जे पढ्छन्, त्यो कुराले भोलिका दिनमा उनीहरुलाई सहज बनाउनुपर्छ । यसले ज्ञानको दायरा त फराकिलो बनाउनु पर्छ नै जीवनलाई अर्थपूर्ण पनि । यही मान्यतालाई शिरोधार गर्दै मोर्डन स्कुल एन्ड कलेजले कलेजले जीवनोपयोगी शिक्षा प्रदान गर्दै आएको छ ।

निःसन्देह यस कलेजको पहिलो सर्त, गुण स्तरिय शिक्षा नै हो । यहाँ कक्षा ११ र १२ मा कानुन र व्यवस्थापन संकाय पठनपाठन हुन्छ । हाल स्नातक तहअन्तर्गत बिलबिएस सञ्चालनमा छ भने भविष्यमा थप अरू विषयहरू सहित स्नातक र स्नातकोत्तर तहहरू सञ्चालन गर्ने व्यवस्थापकको तयारी छ । मोर्डन स्कुल एन्ड कलेजले विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिने गरेको छ ।

यद्यपि यस शैक्षिक संस्थाले विद्यार्थीलाई पढाईमा मात्र केन्द्रित गराउँदैन । त्यसका साथसाथै विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिने गरेको छ । खेलकुद, साहित्य, कला मनोरञ्जन आदिको माध्यमबाट विद्यार्थीको क्षमता उजागर गर्न कलेजले नियमित कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । त्यसैले यो कलेज एउटा उर्बर धरातल पनि हो, आफ्नो कला र प्रतिभा प्रस्फुटन गराउने ।

६) जेभियर इन्टरनेशनल कलेज
शैक्षिक उपलब्धीका हिसाबले गरिमामय स्थान आर्जन सफल छ, जेभियर इन्टरनेशनल कलेजले । काठमाडौंको कालोपुलमा अवस्थित यो यस्तो अग्रणी कलेज हो, जसले अत्याधुनिक कक्षाकोठामा जीवनोपयोगी पठनपाठन गराउँदै आएको छ ।
‘विद्यार्थीलाई जीवनका लागि तयार गर्नु’ यस कलेजको मूल ध्येय हो । सोही अनुरुप कलेजले सर्वाङ्गीण विकाससँगै व्यवहार र प्रयोगमा आधारित सिकाई विधि अपनाएको छ । त्यसो त दुई दशक लामो शैक्षिक इतिहास बनाएको छ यो कलेजले ।

कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी संकाय पठनपाठन गराइरहेको कलेजले क्याब्रिज विश्वविद्यालयको सम्बन्धनमा ए लेभलको पनि कोर्स गराउँदै आएको छ । उत्कृष्ट, अनुशासित, जिम्मेवार र नेतृत्वदायी शिक्षाको पहिचान बनाइसकेको र प्रयोगात्मक एवं समयसापेक्ष शिक्षामा जोड दिँदै आएको यस कलेजले परिवर्तित प्रविधि, पाठ्यक्रम र व्यवहारिक ज्ञानलाई उच्च प्राथमिकतामा राखेको छ ।

६) लिटल एन्जल्स, हात्तीवन, ललितपुर
ललितपुरको हात्तीवनमा रहेको लिटल एन्जल्स स्कुलले सन् १९८१ देखि निरन्तर रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । सन् १९९७ देखि प्लस टु का कार्यक्रम सन्चालनमा ल्याएको यो स्कुलले अहिले भने मास्टरर्ससम्मको अध्यापन गराउँदै आएको छ ।
भर्ना हुनका लागि देशभरबाट वर्षेनी हजारौंको संख्यामा विद्यार्थी र अभिभावक लिटल एन्जल्स पुग्ने गरेका छन् । तर विज्ञान संकायमा ३ सय ५० र व्यवस्थापन संकायमा २ सय ५० गरेर ६ सय हाराहारीमा मात्रै एलएले विद्यार्थीको भर्ना लिने गरेको छ ।

शिक्षक र विद्यार्थीबीच गाढा सम्बन्ध सिकाइको पूर्वसर्त नै हो। ‘पार्टटाइम’ शिक्षकले विद्यार्थीसँग राम्रो सम्बन्ध स्थापित गर्न सक्दैनन् भन्ने कुरालाई आत्मसात गर्दै लिटिल एन्जल्सले पूर्णकालीन शिक्षक मात्र राख्दै आएको छ। शान्तिपूर्ण शैक्षिक वातावरणका कारण पनि लिटल एन्जल्स अन्य ‘प्लस टु’हरूभन्दा फरक छ।

७) जेभियर एकेडेमी, लाजिम्पाट

जेभियर एकेडेमीले प्रतिस्पर्धात्मक माध्यमबाट सीमित सिटका लागि मात्रै विद्यार्थी भर्ना लिने गर्छ। आफ्नो स्थापनाको २६औं वर्ष मनाएको यो एकेडेमीले घरपरिवार, साथीहरुसँग विद्यार्थीको सम्बन्धबारे पनि विशेष ध्यान दिँदै आएको छ ।
काठमाडौँको लाजिम्पाटमा सन् १९९७ मा खुलेको जेभियर एकेडेमीमा विज्ञान संकायमा भर्नाका लागि आवेदन दिन कम्तिमा ३.२ जिपिए र व्यवस्थापन संकायमा भर्नाका लागि कम्तिमा २.८ जिपिए प्राप्त गरेको हुनुपर्छ।

व्यवस्थापन संकायका कक्षा बिहानी सत्रमा सञ्चालन हुन्छ भने विज्ञान संकायका कक्षा दिवा सत्रमा सञ्चालन गरिन्छ। एसइइमा जिल्ला टप गर्नेदेखि लिएर आन्तरिक परीक्षा टप गर्नेसम्मका विद्यार्थीलाई जेभियरले छात्रवृत्तिको व्यवस्था गरेको छ।

७) काठमाडौं बर्नहार्ट, बल्खु
२०६० सालमा काठमाडौंको बल्खुमा खुलेको कलेज हो काठमाडौं बर्नहार्ट । काठमाडौं बर्नहार्टले अध्ययन र अध्यापनको क्षेत्रमा ठूलो छलाङ मारेको छ । विश्वविद्यालय अनुदान आयोगबाट अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त बर्नहार्ट त्रिभुवन विश्वविद्यालयबाट क्यूएए मान्यता पाउने पहिलो कलेज पनि हो ।

कक्षा ११ मा विज्ञान, व्यवस्थापन र मानिविकी संकायमा अध्ययन गराउने यो कलेजले गुणस्तरीय र व्यवहारिक ज्ञानलाई समेत ध्यान दिएर शिक्षण सिकाई विधि अवलम्बन गरेको छ । विश्वविद्यालय अनुदान आयोगबाट अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त बर्नहार्ट त्रिभुवन विश्वविद्यालयबाट क्यूएए मान्यता पाउने पहिलो कलेज पनि हो ।

८) सेन्ट लरेन्स कलेज, चावहिल
काठमाडौंको चावहिलमा रहेको सेन्ट लरेन्स कलेज गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजका रुपमा अग्रणी शैक्षिक संस्था हो । सन् १९९७ मा स्थापना भएको यो कलेज काठमाडौं चाबहिलको पिपलबोटमा छ । उच्च माध्यमिक तहदेखि स्नात्तोकतर सम्मको अध्ययन हुने यो कलेजमा प्लस टू तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुनमा अध्ययन हुँदै आएको छ ।

गरिब र जेहेन्दार विद्यार्थीलाई आंशिक र पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको यो कलेजले शैक्षिक प्रदर्शन, कक्षा गतिविधि र शैक्षिक प्रगतिका आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने गरेको छ । यातायात, पुस्तकालय, ल्याब, होस्टल, क्यान्टिनलाई आधुनिक बनाएको सेन्ट लरेन्सले अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सधैं प्रेरित गर्ने गरेको छ ।

८) अरनिको माध्यामिक विद्यालयकोशी प्रदेशकै गरिमा हो, अरनिको आवासीय माध्यामिक विद्यालय । विराटनगरमा अवस्थित यस शैक्षिक संस्था गुस्तरिय शिक्षा र उत्कृष्ट नतिजाका लागि देशभर कहलिएको छ । विद्यालय तहको परीक्षामा यहाँका विद्यार्थीले देशभरमै सर्वोत्कृष्ट अंक हासिल गरेको इतिहास छ । लामो शैक्षिक इतिहास बनाएको अरनिको आवासीय माध्यामिक विद्यालय विसं २०३३ सालमा स्थापना भएको हो ।

त्यसयता अविछिन्न उत्कृष्ट नतिजा हासिल गर्दै आएको अरनिकोले विद्यार्थीहरुलाई सुनौलो भविष्य निर्माणका लागि बलियो धरातल उपलब्ध गराउँदै आएको छ । देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरुको पंक्तिमा अरनिकोले आफूलाई पनि स–गरौव उभ्याएको छ ।
८) किस्ट कलेजका
२०५६ सालदेखि यस शैक्षिक संस्थाले कक्षा ११ र १२ को पठनपाठन गराउँदै आएको छ । कक्षा ११ र १२ मा विज्ञान र व्वस्थापन संकाय सञ्चालन गर्दै आएको छ । यस विद्यालयले गौरवमय इतिहास रच्नुको पछाडि परिपक्क, अनुभवी, उत्तरदायी र दक्ष शिक्षक समूह मूल कडी हुन् । त्यससँगै उत्कृष्ट व्यवस्थापन र वैज्ञानिक पठनपाठनले यसको गरिमालाई उँचो बनाएको हो ।

यही पृष्टभूमीका कारण अरनिको पटकपटक सर्वोत्कृष्ट माध्यमिक विद्यालयको पुरस्कारबाट पुरस्कृत भएको छ । करिब तीन दशक लामो शैक्षिक इतिहास बनाएको गर्बिलो नाम हो, किस्ट कलेज । काठमाडौं इन्स्च्यिुट अफ साइन्स एन्ड टेक्नोलोजी अर्थात किस्ट कलेजको स्थापना सन् १९९५ मा भएको थियो । यहाँबाट अहिलेसम्म १५ हजार विद्यार्थी ग्राजुएट भइसकेका छन् । यस हिसाबले किस्ट कलेज योग्य र जिम्मेवार जनशक्ति तयार गर्ने आधारभूमी बनिरहेको छ ।

९) मदरल्यान्ड सेकेन्डरी स्कुल
मदरल्यान्ड सेकेन्डरी स्कुल नेपालको शैक्षिक जगतमा एउटा छुटै पहिचान बनाउन सफल शैक्षिक संस्था हो । ‘गुणस्तरीय शिक्षा सबैका लागि’ भन्ने मूल मन्त्र राखेर यस स्कुलले कक्षा १२ सम्म विभिन्न विषयहरूलाई समेटेर पठनपाठन सञ्चालन गर्दै आएको छ ।प्लस टुमा विज्ञान र व्यवस्थापक संकाय अन्तर्गतका विषय पढाउँदै आएको मदरल्यान्ड सेकेन्डरी स्कुल पोखराको एउटा उत्कृष्ट शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाभित्र पर्छ ।

शिक्षणलाई व्यवहारिक बनाउने उद्देश्य राखेको मदरल्यान्ड सेकेन्डरी स्कुल अधिकांश अभिभावक तथा विद्यार्थी पहिलो रोजाइमा पर्ने शैक्षिक संस्था हो । वि.सं. २०५१ सालबाट सञ्चालनमा आएको यस स्कुल भविष्यमा देशको नेतृत्व गर्न सक्ने बलियो जग विद्यार्थीलाई ठानी प्रभावकारी शिक्षा प्रवाह गर्नमा दृढ रहेको छ । सुलभ शुल्कमै उत्कृष्ट शिक्षा दिनमा फोकस रहेको मदरल्यान्डमा पोखरा लगायतका विभिन्न जिल्लाबाट विद्यार्थीहरू जोडिन आइपुग्छन् ।

९) युनाइटेड एकेडेमी ललितपुर
शिक्षण संस्थाहरूको भीडभाडमा छुट्टै पहिचान बनाउन सफल नाम हो, युनाइटेड एकेडेमी । २६ वर्षे शैक्षिक यात्रा पूरा गरी २७औं वसन्तमा चलिरहेको युनाइटेड एकेडेमी ग्रुपकै व्यवस्थापनमा २०५९ सालमा युनाइटेड एकेडेमी स्थापना भएको हो ।
ललितपुर कुमारीपाटीमा अवस्थित यस कलेजमा राष्ट्रिय परिक्षा बोर्ड नेपालको सम्बन्धनमा रहेर विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायको अध्यापन हुँदै आएको छ ।

साथै, त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन लिएर युनाइटेडले स्नातक र स्नात्तोकत्तर तहको समेत अध्यापन गराउँदै आएको छ । दक्ष, अनुभवी शिक्षक समूह, रचनात्मक पठन विधिका कारण युनाइटेड एकेडेमी कलेज सतप्रतिशत नतिजा पस्किन सफल छ ।

वैज्ञानिक विधिबाट पठनपाठन हुने यस कलेजमा विद्यार्थीको क्षमता अभिवृद्धि तथा सिकाइको दायरा फराकिलो बनाउन पाठ्यक्रमसँग सम्बन्धित गतिविधि तथा अतिरिक्त क्रियाकलापमा समेत जोड दिइन्छ । त्यसैले पनि यस कलेजको विद्यार्थी र अभिभावकको रोजाईमा पर्दै आएको छ ।

१०) रिलायन्स इन्टरनेशनल
शैक्षिक इतिहास ३ दशक लामो यात्रा तय गरिसकेको रिलायन्स इन्टरनेशल एकेडेमी अब्बल दर्जाको शैक्षिक संस्थामा दरिएको छ । यस कलेजलाई शिक्षा मन्त्रालयसँगको सहकार्यमा ब्रिटिश काउन्सिलले ‘इन्टरनेशनल एकेडेमी’को रुपमा सम्मान गरेको छ । यहाँ विद्यालय तहदेखि स्नातकोत्तरसम्म पठनपाठन गर्न सकिन्छ ।
शैक्षिक इतिहास ३ दशक लामो यात्रा तय गरिसकेको रिलायन्स इन्टरनेशल एकेडेमी अब्बल दर्जाको शैक्षिक संस्थामा दरिएको छ । गुणस्तरिय शिक्षामा जोड दिएको रिलाइन्सले पढाईका साथसाथै विद्यार्थीलाई जिम्मेवार एवं असल नागरिक बन्न प्रेरित गर्ने शैक्षिक वातावरणले रिलायन्सलाई शोभयमान बनाएको छ ।

यहाँ कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा पठनपाठन हुन्छ । अहिले विश्व नै सूचना प्रविधिमा गोलबद्ध हुँदै गएको छ । यही कुरालाई मध्यनजर गर्दै कलेजले आइटी अर्थात इन्र्फमेशन टेक्नोलोजीमा आधारित रहेर पठनपाठन गराउँदै आएको छ । प्रविधिमैत्री कक्षाकोठा, रचनात्मक पठन शैली, प्रेरणादायी वातावरण रिलायन्सका आकर्षण हुन् ।
पर्याप्त शैक्षिक स्रोत, सहज सिकाई, उत्कृष्ट नतिजा । नयाँ बानेश्वरमा अवस्थित लिभरपुल इन्टरनेशनल सेकेन्डरी स्कुल एवं कलेजको आफ्नोपन हो । आधुनिक शैक्षिक प्रणाली, सुयोग्य शिक्षक र स्रोत सम्पन्न संरचनाले यस कलेजलाई थप सुशोभित बनाएको छ । त्यसैले त गुणस्तरिय एवं जीवनोपयोगी शिक्षाका लागि लिभरपुल विद्यार्थीको रोजाईमा पर्ने गरेको छ ।

११) लिभरपुल
लिभरपुलमा नविनतम् प्रविधि अपनाउँदै छरितो र वैज्ञानिक ढंगले पठनपाठन हुँदै आएको छ । वि.सं. २०६८ मा स्थापना भएको लिभरपुल एजुकेशन नेटवर्क अन्र्तगत लिभरपुल इन्टरनेशनल सेकेन्डरी स्कुल र कलेज सञ्चालमा छ । यहाँ कक्षा ११ र १२ अन्र्तगत विज्ञान, व्यवस्थापन र कानुन संकायमा पठनपाठन हुँदै आएको छ ।

शैक्षिक स्रोतहरुको भरपुर उपयोग गर्दै प्रयोगात्मक शिक्षा प्रदान गर्ने भएकाले यस कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । प्रविधिमैत्री कक्षाकोठा, सुविधासम्पन्न प्रयोगशाला, पुस्तकालय यसका अन्य आकर्षण हुन् । आफूले आर्जन गरेको ज्ञान व्यवहारिक जीवनमै उपयोग गर्न सकियोस् भनी शैक्षिक कार्यक्रमहरु तय गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर