बीआरआई र त्यस अन्तर्गतका परियोजनाबारे कांग्रेस सकरात्मक

- असार १७, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
सोमबार बसेको नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षर गर्ने सरकारको तयारीबारे छलफल भएको थियो ।

बीआरआई र त्यस अन्तर्गतका परियोजनाबारे आफूहरु नकारात्मक नभएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।
तर नेपाल सरकारको क्षमताका आधारमा अहिले अनुदान मात्र लिनुपर्ने आफूहरुको धारणा रहेको भन्दै उनले भने, अनुदानलाई नेपाली कांग्रेस सहर्ष स्वीकार गर्दछ, तर ऋण लिन सक्षम छैनौं ।’ चीन सरकारलाई पनि अनुदानका लागि आग्रह गर्ने निर्णय भएको उनले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर