देउवाको भावभंगीमा केही महत्वपूर्ण घटनाक्रम हुने संकेत
- असार १७, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली सँग भएको भेटबारे पार्टी नेताहरुलाई बताएका छन् । पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा देउवाले १५ असारमा एमाले अध्यक्ष ओलीसँग भएको भेटबारे जानकारी गराएका हुन् ।
सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको भन्दै उनले भने, ‘अहिले धेरै टिप्पणी नगरौं, हाम्रो सम्बन्ध सुमधुर छ ।’ आइतबारको बैठकमा सहभागी अधिकांश नेताहरुले ओलीसँगको भेटबारे जिज्ञासा राखेका थिए ।
उनीहरुले कांग्रेस–एमालेको सरकार बन्न लागेको हो भन्ने जिज्ञासा पनि राखेका थिए । ‘तर ओलीले बोलाउनुभयो, चिया खायौं, बीआरआईबारे कुरा भयो मात्र भन्नुभयो’, बैठकमा सहभागी एक नेताले भने । पार्टीका धेरै नेताहरुलाई थाहा नभए पनि देउवाको भावभंगीमा हेरेर केही महत्वपूर्ण घटनाक्रम हुन लागेको आशंका भएको ती नेताले बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments