एमालेमा नै फर्किए जितेन्द्रनारायण

- असार १७, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
अचेल युवा संघ भनेर चिनिने एमाले भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायु संघ) मा केपी ओलीपछि केशव स्थापित अध्यक्ष भएका थिए । जितेन्द्रनारायण देव स्थापितको टिममा उपाध्यक्ष थिए ।
एमाले पंक्तिमा बौद्धिक युवाको रुपमा परिचय बनाएका जितेन्द्रनारायण देवलाई एमालेले नागरिकता अनुगमन तथा कार्यमूल्यांकन समितिको अध्यक्ष बनाएको थियो ।
एक सदस्यीय उक्त समितिले २०५३ सालमा ३४ हजारलाई नागरिकता बाँडेको थियो, जसबारे अदालतमा अर्को वर्ष मुद्दा परेको थियो । नागरिकता वितरण नीतिका बारेमा एमालेले अनुदार अडान राखेको भन्दै देव त्यस बेला असन्तुष्ट बनेका थिए ।

०५४ मा नेपालगञ्जमा आयोजित छैटौं राष्ट्रिय महाधिवेशनबाट देव केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका थिए । पार्टीसँग कतिपय असन्तोषका बाबजुद उनी एमालेमै थिए । संघीयता र पहिचानको मागसँगै क्षेत्रीय राजनीति उत्कर्षमा पुग्दै गर्दा ०६३ सालमा देवले एमाले छाडे ।
सुरुमा उनी उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरममा आवद्ध भए । विजय गच्छदारले पार्टी विभाजन गरेर मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गर्दा उनले पनि साथ दिए र उक्त पार्टीको महासचिव बने ।

संविधान जारी भएपछि कतिपय मधेश केन्द्रित दलहरु आपसमा एकीकृत भए भने कुनै ठूला पार्टीसँग मिले । फोरम लोकतान्त्रिकले नेपाली कांग्रेससँग एकता ग¥यो ।
यसका अध्यक्ष गच्छदारसहित अधिकांश नेता विगतमा कांग्रेसमा रहेकाले कांग्रेससँग एकता सहज भयो । जितेन्द्र देव यसरी एकताबाट स्वतः कांग्रेस भए ।
कांग्रेसले उनलाई राष्ट्रिय सभामा सांसद बनायो । अरु केही जिम्मेवारी दियो । तर देवको राजनीतिक रुझान वामपन्थतिरै थियो ।
सोमबार एमालेमा प्रवेश गर्ने क्रममा उनले पुराना वामपन्थी दिनहरुको सम्झना गरे ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर