कासिन न्यूज,
काठमाडौं ।
‘लिटिल बुद्ध’ भनेर चिनिएका रामबहादुर बम्जन बिगत देखी नै विभिन्न काण्डहरुमा मुछिंदै आएका छन् । बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन्। सोमबार सर्लाही जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो। बम्जनलाई जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गतेको लागी पेशी तोकेकोमा १७ गते नै उनलाई सजाय सुनाएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।
आफूलाई तपस्वी भन्ने बम्जनले ०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो। घटना भएका वेला पीडित बालिका १५ वर्षकी मात्र थिइन् । उनी १८ वर्षकी भएपछि २३ माघ ०७६ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो। करणीपछि बम्जनले पीडितलाई डर, धाक, धम्की देखाउने गरेका थिए। उजुरीपछि उनी गत पुस २४ गते काठमाडौंको बुढानीलकण्ठ नगरपालिका– ६ स्थित निवासबाट पक्राउ परेका थिए। सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा रहेका छन् ।
यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ अभियोगमा पूर्पक्षमा रहेका बम्जन निर्दोष रहेको दाबीसहित सोमबारको इजलासमा वरिष्ठ अधिवक्ता सीताराम केसी एवं अधिवक्ताहरू राम घिमिरे, मनोहर झा, राष्ट्रविमोचन तिमल्सिना र दिलिप झाले बहस गरेका थिए भने अभियोगबमोजिम कैद सजाय मागसहित जिल्ला सरकारी वकिल कार्यालय मलंगवाका प्रमुख जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले बहस गरेका थिए ।
यसअघि ३ पटकसम्म बम्जनविरुद्धको मुद्दामा पेशी चढे पनि बम्जनका वकिलहरूले २ तथा सरकारी वकिलले १ पटक निवेदन दिएर सारेका थिए । सोही मुद्दामा जितबहादुर तामाङ र ज्ञानबहादुर बम्जनले भने सफाइ पाएका छन् ।
सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत पुस २४ गते बुढानीलकण्ठस्थित गत एक घरबाट पक्राउ गरेको थियो। आफूलाई ‘लिटिल बुद्ध’ बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ । बम्जनविरुद्ध पाँच परिवारको उजुरी छ । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments