दाहाललाई देउवाको जवाफ : ‘एमालेसँग सरकार बनाउने सम्झौता भइसक्यो, अहिलेलाई सरी’
- असार १८, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सात बुँदे सहमति गरेका कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार बिहान पार्टी निजि निवास बुढालिनकण्ठमा पदाधिकारीहरुसँग छलफलमा गरेका छन् ।
उनले सहमतिबारे ब्रिफिङ गरे । एमालेसँगको वार्तामा सहभागी कांग्रेस नेताहरुले सातबुँदे सहमति पढेर सुनाए । त्यसपछि नेताहरुले धारणा राखिरहेका थिए । त्यही बेला कांग्रेस सभापति देउवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोन गरे । एक पदाधिकारीका अनुसार माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले देउवालाई टेलिफोनमा के भएको हो भनी सोधेका थिए ।
देउवालाई फोन गर्नुअघि दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए । त्यो भेटमा ओलीले ‘देउवाजीले राष्ट्रिय सहमतिको सरकार बनाउँ भन्नुभयो, तपाईँले पनि सहयोग गर्नुप¥यो’ भनेका थिए ।
सहमतिबारे ओलीले प्रष्ट नबताएकाले दाहालले देउवालाई फोन गरेका थिए । जवाफमा देउवाले ‘एमालेसँग सरकार बनाउने सम्झौता भइसक्यो, अहिलेलाई सरी’ भनेको कांग्रेसका एक नेताले बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments