सञ्चालकले रकम बाट ढुकुटी खेलाउने देखी निजी स्कुल र घरजग्गामा लगानी

- असार १८, २०८१ मा प्रकाशित


कासिन न्यूज,
पोखरा ।
गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय पोखराले हालै तयार पारेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाकोे वित्तीय विश्लेषण तथा छानबिन प्रतिवेदन अनुसार १ अर्ब ४९ करोड रुपैयाँ हिनमिना भएको छ । जसमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको संलग्न रहेको खुलेको छ । उनी सो सहकारीका निर्वतमान उपाध्यक्ष पनि हुन् ।
यो सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार जिसस प्रमुख थापाको संलग्नतामा १६ करोड रुपैयाँ हिनामिना भएको छ ।
सहकारीमा अहिले यमबहादुर रोका अध्यक्ष, सूर्यबहादुर तिलिजा ऋण समिति संयोजक र गेमबहादुर घर्ती लेखा समिति संयोजक छन् । अहिलेको सञ्चालक समितिले अघिल्लो सञ्चालक समिति र कर्मचारीले रकम हिनामिना गरेको भन्द छानबिनको माग गर्दै सहकारी रजिस्ट्रार कार्यालयमा निवेदन दिएको थियो । २०७९ माघ २८ को अधिवेशनबाट यो कार्यसमिति चुनिनुअघि नै सहकारीमा समस्या आइसकेको थियो ।
सहकारीबाट लिएको रकमको ब्याज र साँवासमेत सहकारीमा नबुझाई छुट खर्च लेख्न लगाउने काम अहिले जिसस अध्यक्ष रहेका निवर्तमान उपाध्यक्ष थापा लगायतले गरेको प्रतिवेदनमा उल्लेख छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर