बढ्यो नेप्से : परिसूचक चार प्रतिशतले बढेपछि पहिलो पटक २० मिनेटका लागि कारोबार स्थगित
- असार १८, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
तीव्र उतारचढावका बिच शेयर मार्केटमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अंकले बढेको छ । नेप्से परिसूचक दुई दशमलव २९ प्रतिशतले बढेर दुई हजार एक सय दशमलव ४३ को बिन्दुमा कायम भएको हो ।
एकाएक दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरण बन्ने निश्चित भएपछि यसको असर मंगलबारको सेयर बजारमा देखियो ।कारोबार सुरु भएलगत्तै परिसूचक चार प्रतिशतले बढेपछि पहिलो पटक २० मिनेटका लागि कारोबार स्थगित भएको थियो । नेप्सेको नियमअनुसार दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटमै परिसूचक थप एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि कारोबार अर्को ४० मिनेटका लागि बन्द भएको थियो ।
कारोबारमा विभिन्न तीन सय १५ कम्पनीको एक करोड १६ लाख ४५ हजार नौ सय पाँच कित्ता शेयर ६० हजार सात सय २० पटक खरिदबिक्री हुँदा रु चार अर्ब ५७ करोड ६८ लाख ३१ हजार सात सय २० बराबरको कारोबार भएको छ ।
सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन तीन दशमलव ३०, व्यापार तीन दशमलव १२ र बैंकिङ तीन दशमलव ०३ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक दुई दशमलव ०१, वित्त दुई दशमलव ११, होटल तथा पर्यटन एक दशमलव ०९, जलविद्युत् एक दशमलव ८०, लगानी दशमलव ३१ र जीवन बीमा दुई दशमलव १७ प्रतिशतले बढेको छ । लघुवित्त एक दशमलव ४५, म्युचुअल फण्ड शून्य दशमलव ३६, निर्जीवन बीमा दुई दशमलव ४३ र अन्य समूह एक दशमलव ७३ प्रतिशतले बढेको छ ।
कारोबारमा सबैभन्दा धेरै हिमालयन डिस्टलरी लिमिटेडको शेयर मूल्य आठ दशमलव ५४ र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ९६ प्रतिशतले बढेको छ । शेयर मूल्य घट्नेमा भने सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको छ दशमलव ४६ र हिमालयन ऊर्जा विकास कम्पनीको छ दशमलव २१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु १२ करोड ३३ लाख ८५ हजार पाँच सय ६९ र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रमोटर शेयर तीन लाख ६६ हजार पाँच सय कित्ता शेयर किनबेच भएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments