कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास

- असार १९, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

यो दिन हप्ताको चौथो दिन हो। ज्योतिष शास्त्र अनुसार यसलाई बुध ग्रहको नामले नामाकरण गरिएको हो। हिन्दू धर्मावलम्बीहरू बुधबारमा कृष्ण भगवानको पूजा गर्दछन्। यस दिन विशेष गरी कृष्णको अवतारको पुजा गरिन्छ।

पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।

बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस्स्

  • हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी९देवताको कृपा हुने गर्छ।
  • बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
  • बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ।
  • जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर