देउवाको खुलेको चेत : प्रधानमन्त्री दाहालको राष्ट्रिय एकताको ढिंगोराले काम गरेन

- असार १९, २०८१ मा प्रकाशित


सुधीर नेपाल,
१९,असार ।
नेपाली कांग्रेस (नेका)को सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पत्नी आरजु राणा देउवा सहित १५ असारमा बालकोटस्थित निवासमै पुगेर एमाले अध्यक्ष केपी ओलीसँग लामो राजनीति छलफल गरेका थिए । त्यसयता भएका शीर्ष र दोस्रो तहका नेताहरूका शृंंखलाबद्ध बैठकपछि कांग्रेस र एमाले सोमबार मध्यरातमा नयाँ गठबन्धन बनाउने सहमतिमा पुगेका हुन् ।
यो सहमति सँगै नेपाली राजनीतिमा अद्भुत प्रकारको तरंग फैलीएको छ । जसको कारण अहिले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कहिले नेका सभापति शेरबहादुर देउवा त कहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मोबाइल घुमाउन ब्यस्त छन् तर दुई तर्फको जवाफ आफनो पक्षमा नआएपछि अहिले प्रधानमन्त्री दाहाल राजनीतिक परिवृत्तमा राम्ररी रन्थनिएका छन् ।
सबैलाई मिलाएर राष्ट्रिय एकता कायम गर्छु भन्न ढिंगोरा पिट्न माहिर मानिएका प्रधानमन्त्री दाहाल राजनीतिका धोखाधडीको लागि पनि कुशल खेलाडी चुनिएका छन् । जसले सहयोग गर्यो । उसलाई पछाडि छोड्नु भनेको प्रधानमन्त्री दाहालको अर्को राजनीति कला हो । जसलाई बिगतमा कांग्रेस सभापति देउवाले बुझ्न सकेनन । बल्ल अहिले आएर सभापति देउवाले प्रधानमन्त्री दाहालको राजनीतिक धोखाधडीलाई बुझेको अनुमान राजनीतिक परिवृतमा सुनिन थालीएको छ ।

आफनो फाइदा हुन्जेल त्यो जसलाई पनि आफनो वरपर घुम्न दिने तर जब त्यो व्यक्ति आफनो सर पर्न छाड्छ त्यसको उछितो काड्न तर्फ माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाल लागि हाल्छन् यसलाई उनको राजनीतिक कला भन्दा पनि फरक पर्दैन । दाहालका राजनीतिक जीवनका यात्रामा यस्ता घटनाहरुलाई सामान्य रुपमा लिने गरिन्छ । हुन् राजनीति गर्नेको एउटा बानी नै हुन्छ । त्यो हो बोलीले मिठो बोल्ने भित्री आत्मामा कुण्ठा जगाउने ।

हो यही कुण्ठाले भरिएको छ दाहालको राजनीतिक यात्रा । दाहालको यही राजनीतिक यात्राको एउटा सारथी बनेका थिए नेका सभापति एवं पूर्व प्रधानमन्त्री देउवा । सोझो र मनमा लागेको कुरालाई नडराई बक्न सक्ने साहसी नेताको उपमा पाएका नेका सभापति देउवालाई जसरी माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले राजनीतिक धोखाधडी गर्न थाले । त्यसपछि बल्ल अहिले आएर सभापति देउवाको राजनीतिक चेत खुलेको छ । सभापति देउवाको यही राजनीति चेत नै प्रधानमन्त्री दाहाललाई टोक्नु न बोक्नु भएको छ ।

राजनीतिक र पदीय स्वार्थको कारण बेला बेलामा सभापति देउवाको दिल दिमागमा नचाँहिदो अराजक राजनीतिको भूत सवार हुने गरेको छ । सभापति देउवाको गलत चेतको सिकार देउवा आफै भएका थिए । सभापति देउवाको यो राजनीतिक पदचापले कस्तो मोड लिन्छ । त्यो हेर्न बाँकी नै छ । देउवाको लागि मात्र होइन कांग्रेसको लागि यो अन्तिम राजनीति परिक्षण हो ।

तर यहाँ ब्याख्या गर्न खोजीएको कुरा के हो भने अहिले दुई अलगधार अलगधुव्र र अलगसिद्धान्तका दुई राजनीतिक महात्माहरु देउवा र दाहालको बारेमा हो । बिगतमा देउवा र दाहाल यति घनिष्ठ भएका थिए कि जुन घनिष्ठताले राम्ररी मौलाउने मौका भने पाएन । जसकोे मूल कारण हुन् प्रधानमन्त्री दाहाल स्वयं ।
कुनै दिन थियो तिनै देउवाले माओेवादी रणयुद्धको नेतृत्व गरेका प्रधानमन्त्री दाहालको टाउकोको मोल तोकेका थिए । उता दाहाल कांग्रेस नेतृत्वमा रहेकाहरुको उछिटो काढ्थे । कुनै समय थियो ।

कांग्रेसले पाए कांग्रेसले माओवादीले पाए माओवादीले एक अर्कालाई सिद्धाउने खेलो गर्थे । अझ माओवादी द्धन्दकालमा प्रधानमन्त्री भएका देउवाले माओवादीलाई जसरी भएपनि साइजमा ल्याउने प्रयत्न गरिरहन्थे ।
तर यिनै अलगधार, अलगध्रुव र अलग सिद्धान्तका पात्रहरुको दोस्ती जमेको देखेर राजनीतिक बिज्ञानका बैज्ञानिकहरु अचम्म मान्न थालेका थिए ।
राजनीति भनेको स्वार्थ परक सिद्धान्तमा कसिएको यस्तो डोरी हो जसमा स्वार्थ देखी अन्य केही लुकेको हुँदैन । यही स्वार्थ सिद्धान्तको कसीलो दोस्ताना थियो देउवा र दाहालको सम्वन्ध ।
उपत्यका बाहिरको जिल्ला चितवनबाट सुरु भएको देउवा र दाहालको दोस्तीले अहिले कसिलो रुप लिएको थियो । जुन सम्वन्ध अब बिग्रने छैन भन्ने अनुमान गर्थे राजनीतिका पण्डितहरु । किनकी माथि भनिसकिएको छ राजनीति भनेको स्वार्थ परक सिद्धान्तमा आधारित छ ।
खाली सत्ता र शक्तिमा मात्र देउवा र दाहालको दोस्ताना टिकिरहेको थियो । जसमा लगाम लगाउने काम प्रधानमन्त्री दाहालले आफैले गरिरहेका थिए । भन्ने कुरा हरेक सामान्य भन्दा सामान्य व्यक्तिहरुलाई थाहा भएको कुरा हो ।

नेपालको राजनीतिक हिसाबकिताबमा जोड घटाउको खेलोमा प्रफ्ेक्ट मानिएका म्याथम्याटिक्सका चतुर खेलाडीको उपमा पाएका सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री दाहाल जहिले पनि नेपाली राजनीतिलाई आफ्नै वरिपरी घुमाउन सक्ने क्षमता भएका राजनीतिक पुरुष मानिएका छन् ।
जसरी दाहालले राजनीतिक दलका बरिष्ठ राजनेताहरुलाई दौडाई रहेका थिए । त्यो दौडाईलाई ५ वर्ष पनि टिकाउन नसक्नु भनेको प्रधानमन्त्री दाहालको राजनीति असफलत मान्नुपर्छ ।

नेपालको राजनीतिक भविष्य आफनो हातमा लिन गलत तरिका अपनाइ रहेका प्रधानमन्त्री दाहालले सभापति देउवालाई आफनो चेपुवामा राम्ररी अल्झाएका थिए । किन कि यी दुबै सत्ता र शक्ति बिना एक मिनेट पनि टिक्न नसक्ने पुरुषहरु हुन् ।
कांग्रेसका सभापति रहेका पूर्व प्रधानमन्त्री देउवाको अहमताको सिकार र फरक धारका राजनीतिमा नचाहिँदो जोडघटाउको प्रत्यक्ष असर आम कांग्रेसले भोग्नुपर्ने अवस्था आउने अनुमानमा सबै राजनीतिक कार्यकर्ताहरु मन थियो । अब त्यो अनुमान किनारा लागेको हो होइन त्यो समयले बताउँछ । किनकी यो भनेको नेपालको राजनीति हो ।
जसरी प्रधानमन्त्री दाहाललाई सभापति देउवाले आँखा चिम्लेर हे दोस्ती हम नहि तोडेंगे पारामा दोस्ती अगाडी बढाएका थिए । त्यो दोस्ती धेरै टिक्न नसक्नु कांग्रेसको राजनीति गर्नेहरुका सुखद क्षण नै मान्नुपर्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर