कासिन न्यूज,
काठमाडौं ।
अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा टर्कीले २–१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन ।
खेलको पहिलो मिनेटमै डेमीरालले टर्कीलाई अघि बढाए । आर्डा गुलरको कर्नरमा आएको बललाई अष्ट्रियाको डिफेन्सले क्लियर गरेपनि डेमीरालले ६ यार्ड बक्स भित्रबाट गोल गर्न सफल भए । दोस्रो हाफको ६६ औं मिनेटमा गुलरकै कर्नरमा उनले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।
६६ औं मिनेटमा अष्ट्रियाले गोल फर्कायो । माइकल ग्रेगोरिस्चले क्लियर हुन नसकेको बलमा गोल गर्दै खेलमा फर्काए । त्यसपछि अष्ट्रियाले लगातार आक्रमण बुनीरह्यो । इन्ज्युरी समयको अन्तिम मिनेटमा टर्कीका गोलरक्षक मर्ट गुनोकले सानदार बचाउ गर्दै टोलीको जित सुनिश्चित गरे ।
अब टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ । यसअघि नेदरल्यान्ड्सले रोमानियामाथि ३–० को जित दर्ता गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको थियो । अन्य क्वाटरफाइनलमा स्पेनले जर्मनी, इंग्ल्यान्डले स्विटजरल्यान्ड तथा फ्रान्सले पोर्चुगलको सामना गर्नेछ ।।
एजेन्सीको सहयोगमा
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments