इच्छाराज र मामाससुरा केशवलाल बिरुद्ध पूरक अभियोगपत्र दायर

- असार १९, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीमा इच्छाराज तामाङ र उनका मामाससुरा केशवलाल श्रेष्ठ बिरुद्ध पूरक अभियोगपत्र दायर भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा परेको पूरक जाहेरीको आधारमा अनुसन्धान भएर सीआईबीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको थियो ।
१८ असार २०८१ मा जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौंले इच्छाराज तामाङ र केशवलाल श्रेष्ठलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा पूरक अभियोगपत्र दायर गरेको हो ।
सहकारी ठगीमा प्रहरीको केन्द्रीय अनुसनधान ब्यूरोले २०७८ सालमा तामाङ र तत्कालीन समयमा सहकारीका अध्यक्ष रहेको केशललाल श्रेष्ठ सहितलाई १ हजार ५०३ जना बचतकर्ताको जाहेरीको आधारमा ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बिगो मागदाबी सहित सीआईबीले प्रतिवेदन बुझाएको थियो ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर