•  १८ पुष २०८१, बिहीबार

कालो टेपले ल्याएको विवाद : महामन्त्री ढकाल ७ दिनका लागि निलम्बन

- असार २०, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई पार्टीगत कार्वाही गरेको छ । रास्वपाको मुख्यालयमा बुधबार बसेको कार्यसमितीको बैठकले महामन्त्री ढकालले मुखमा टेप लगाएर बिरोधको स्वरुप देखाएकोले उनलाई अनुशासन उल्लंघन गरेको भन्दै कार्वाही गरेको हो ।

महामन्त्रीलाई महामन्त्री तथा प्रवक्ता पदबाट ७ दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले सार्वजनिक गरेको निर्णयमा उल्लेख छ । साथै सभापतिको प्रस्तावमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र पार्टी सहप्रवक्ता मनिष झालाई प्रवक्तासमेत तोकिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर