कासिन न्यूज,
काठमाडौं ।
नेपाल भलिबल संघ (एनभिए) ले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबका प्रशिक्षक कुमार राईलाई यु–२० महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको छ । संघले साउन पहिलो सातादेखि माल्दिभ्समा आयोजना हुन लागेको काभा यु–२० महिला भलिबल च्याम्पियनसिपका लागि राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो । यस्तै संघले एभरेस्ट भलिबल क्लबका अर्जुन घिमिरेलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । जुनु पुन टोलीको व्यवस्थापक रहेका छन् ।
महिला भलिबल खेलाडी उत्पादन गर्ने प्रशिक्षकको रुपमा चिनिएका राई यसअघि महिला टोलीको सहायक प्रशिक्षक बनेका थिए । एसियन भलिबल च्याम्पियनसिपका लागि टोलीले प्रशिक्षण सुरु गरेपनि कोराना भाइरस (कोभिड–१९) का कारण च्याम्पियनसिप नै रद्ध भएको थियो ।
उनले नै उत्पादन गरेका कुनै समयका चर्चित स्पाइकर रमिला तण्डुकारसँगै प्रतिभा माली, रेश्मा भण्डारी, सलिना श्रेष्ठ, कृपा अधिकारी, रिमा कुँवर, प्रगति नाथले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । रिमा र प्रगतिले गत वर्ष नेपालमै आयोजना भएको एनएससी काभा महिला भलिबल च्यालेन्ज कप दौरान डेब्यु गरेकी थिइन् ।
प्रशिक्षक राईले २०६४ जेठ ५ गते न्यु डायमण्ड एकेडेमीमा महिला भलिबल टोलीको प्रशिक्षण सुरु गरेका थिए । त्यसयता विद्यालयस्तर हुँदै राष्ट्रियस्तरसम्म उनको प्रशिक्षणमा डायमन्डले खेल्दै आइरहँदा यो अवधिमा थुप्रै उपाधि जितिसकेका छन् । उनी विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक समेत चुनिएका छन् ।
काभा यु–२० महिला भलिबल च्याम्पियनसिप आगामी १८ देखि २३ जुलाईसम्म माल्दिभ्सको मालेमा हुनेछ । च्याम्पियनसिपमा आयोजक माल्दिभ्स र नेपालसहति चार राष्ट्रको सहभागिता रहेको छ । यस्तै किर्गिस्तान र श्रीलंका रहेका छन् ।
राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो हुने टोली र लिगको दोस्रो र तेस्रो हुने टोलीले सेमिफाइनल खेल्नेछ । दुवै विजेताले फाइनल खेल्नेछ । नेपाली टोली जुलाई १६ मा त्यसतर्फ प्रस्थान गर्नेछ । १७ जुलाईमा टेक्निकल मिटिङ रहनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments