पार्टीभित्र किन ग्यालेक्सी टिभीबाट आएका पत्रकारहरुको बर्चस्व : निलम्बित महामन्त्री ढकाल(प्रतिवेदन सहित)
- असार २०, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालको प्रतिवेदन पार्टीले सार्वजनिक गरेको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले वितरण गरेको इमेलमार्फत ढकालले ३८ जिल्ला घुमेर अघिल्लो महिना लेखेको दस्तावेज सार्वजनिक गरिएको हो ।
बिहीबार अपराह्न पठाइएको प्रतिवेदनमा ढकालले पार्टीभित्र विकृति बढेको, पार्टी सदस्यले सरकारमा गएका मन्त्री, सांसदलगायतलाई भेट्न समेत नपाएको गुनासो जिल्ला जिल्लामा सुनेको उल्लेख गरेका छन् ।
उनले रुपचन्द्र विष्टका ‘थाहा’ विचारपन्थी लाइनहरु विभिन्न ठाउँमा उल्लेख गर्दै पार्टीभित्र किन ग्यालेक्सी टिभीबाट आएका पत्रकारहरुको बर्चस्व बढ्यो भनी प्रश्न गरेका छन् ।
उनले रवि लामिछानेको ब्लु बसदेखि रोजगारी सिर्जना गर्ने बाचा किन अधुरो रह्यो भनी सोधेका छन् । ढकालको प्रतिवेदनमा प्रचण्ड वा केपी ओलीसँग मिल्नुभन्दा बालेनसँग मिल्नु जाति भनेर सुझाव आएको पनि उल्लेख छ । उनले कांग्रेस र एमालेका नेताविशेषबारे पनि त्यसमा उल्लेख गरेका छन् ।
समीक्षा यात्रा प्रतिवेदन २०८१।०३।१२
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments