अनुभवी, इमान्दार र विद्रोही स्वभावका नेता नेपाल बने दोस्रो पटक अध्यक्ष
- असार २०, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा(एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार सम्पन्न एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । २०७८ साल भदौ २ गते नेकपा एमालेबाट विद्रोह गरी उनकै नेतृत्वमा पार्टी स्थापना गरेका थिए । पार्टी स्थापनाको ३४ महिनामा उनले महाधिवेशन सम्पन्न गरेका हुन् ।
सुरुमा नेपाललाई नेता घनश्याम भुसालले चुनौती दिएका थिए । बुधबार बन्दसत्रमा पेस भएको चारवटै दस्ताबेज अनुमोदन भएको थियो । सोही दिन बेलुका अध्यक्षलगायत अन्य पदाधिकारीमा सर्वसम्मत चयन गर्ने प्रयास गरेका थिए । नेतृत्व छनोटका लागि बिहानैदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । तर अध्यक्षमा भुसालले दाबी नछोडेपछि निर्वाचनका सबै प्रक्रिया रोकेर शीर्ष नेताहरू छलफलमा जुटेका थिए । अन्ततः भुसालले महासचिवमा चित्ता बुझाएपछि अध्यक्षमा नेपाल सर्वसम्म चयन भएका हुन् ।
नेपाल वामपन्थी आन्दोलनका एक अनुभवी, इमान्दार र विद्रोही स्वभावका नेता मानिन्छन् । नेपालको कम्युनिस्ट आन्दोलनलाई संगठित गर्ने काममा नेपालको नेतृत्वदायी भूमिका रहेको छ । पञ्चायती निरंकुश व्यवस्था, सक्रिय राजतन्त्रात्मक व्यवस्था ढालेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न उनको अग्रणी भूमिका रहेको छ । यस्तै १० वर्षे माओवादी सशस्त्र विद्रोह, लडाकु र हतियार व्यवस्थापनका लागि उनको पहलकदमी स्मरणयोग्य रहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments