कोलम्बियासँग बराबरी खेल्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा
- असार २१, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ।अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेलमा ब्राजिलले १–१ को बराबरी खेलेको हो।
लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो। अपराजित रहेको ब्राजिलको समान खेलमा ५ अंक रह्यो ।४ अंक जोडेको कोस्टारिका र अंकविहीन पाराग्वे प्रतियोगिताबाट बाहिरिएका छन् ।
ब्राजिलले समूह विजेता बन्ने मौका गुमाएको थियो।
१२औं मिनेटमै राफिन्हाले फ्रिकिकमार्फत् गोल गर्दै दिलाएको अग्रतालाई ब्राजिलले जोगाउन सकेन । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा डेनियल मुनोजले बराबरी गोल गरेका थिए। जोन कर्डोबाको पासमा मुनोजले गोल गरेका हुन्। क्वाटरफाइनलमा ब्राजिलले उरुग्वे तथा कोलम्बियाले पानामाको सामना गर्नेछ। अन्य क्वाटरफाइनलमा अर्जेन्टिना र इक्वेडर तथा क्यानडा र भेनेजुएलाबीच प्रतिस्पर्धा हुनेछ।
एजेन्सीको सहयोगमा
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments