सरकारलाई दिएको समर्थन फिर्ता पत्रको जानकारी संघीय संसद् सचिवालयलाई

- असार २१, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल बारे उल्लेख गरेको नेकपा एमालेले सरकारलाई दिँदै आएको समर्थन फिर्ताको पत्रको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पत्रमार्फत यस्तो जानकारी दिएका हुन् । एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सोही दिन एमालेबाट सरकारमा गएका सबै मन्त्रीले राजीनामा समेत दिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर