ट्राफिक प्रहरी , कुना र सडक लाइट

- असार २१, २०८१ मा प्रकाशित


सुधीर नेपाल ।

२१, असार ।

नेपालमा पहिलो पटक सवारीसाधन भित्रिएपछि विसं २००७ मा रामदलमार्फत ट्राफिक व्यवस्थापन गरिएको इतिहास छ । जति लामो इतिहास भएपनि यसको व्यवस्थापकिय कमजोरीहरुलाई भने औल्याउने फुर्सद न सरकार सँग छ न त नेपाल प्रहरीको एउटा इकाई रहेको ट्राफिक प्रहरीलाई । काठमाडौंको बजार घुम्ने क्रममा केही दिन अघि एक संचारकर्मी मित्रको दुई पांग्रेमा बसेर शहरका केही स्थानहरु घुम्दै जाँदा सडकमा देखीएका बेथितिहरुलाई राम्ररी बुझ्ने मौका पर्यो ।

दुई पांग्रेको पछाडि बसेर शहरको सडकको गतिविधिलाई बुझ्दै जाँदा नयाँ बस्ती नजिक यातायत कार्यालयको अपोजिट भागमा मानिसहरुको झुण्ड देखीयो । सडक खाली थियो सडकको कुनामा ट्राफिक मित्रहरु लुकेर बिरालोले मुसो च्याप्ने दाउ खोजे झै दुई पांग्रे र चार पांग्रेहरुलाई जालमा पार्ने मौका खोज्दै थिए ।

अनायस म सँग रहेका दुई पांग्रे चालकले ट्राफिक मित्रहरु तिर इंगित गर्दै भने, ‘हेर्नुहोस् यो के हो ट्राफिक दाईहरु किन कुनो पसेका जाँचक्रम त सडकमा पो गर्ने यहाँ त सडकको कुनामा भैरहेछ । त्यो रातको समयमा’ । दुई पांग्रे मित्रको हाउभाउ हेर्दा लाग्थ्यो उनी पनि ट्राफिकको कुनो पसाईको कोपभाजनमा परेका रहेछन् ।

अब लागौं ट्राफिक लाइट तर्फ अहिले बजारको हरेक चोकमा ट्राफिक लाइटको सुविधा छ । आधुनिक र प्राविधिक शैलीमा  जसरी ट्राफिक प्रहरीले आफूलाई ढाल्दै छ । तर ट्राफिक लाइटका बारेमा ट्राफिक प्रहरी कार्यालय अनभिज्ञ भएको कि या जो होगा देखा जायगा शैलीमा चलेको हो अर्को सोचनिय बिषय भएको छ । यति लामो इतिहास बोकेको नेपालको ट्राफिक प्रहरीले आफनो व्यवस्थापनमा ध्यान नदिनु र जहिले पनि कुनो पस्ने नियति अपनाउने हो भने त्यसलाई मुसो च्याप्ने दाउ भन्दा फरक नर्पला जस्तो लाग्छ ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर