राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा वैकल्पिक आर्थिक सञ्जाल र बजार विस्तार गर्ने
- असार २१, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा वैकल्पिक आर्थिक सञ्जाल र बजार विस्तार गर्ने राष्ट्रिय मुक्ति क्रान्तिको कार्ययोजनाआर्थिक सङ्कलनका लागि व्यापारी, साहु महाजन, ठेकेदार, उच्च पदस्थ कर्मचारीहरूको अभिलेख राखेर चन्दा उठाउनेदेखि परियोजनाहरू आफ्नो पक्षमा पार्नेसम्मको योजना ल्याउन लागेको राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आन्दोलनका लागि स्वेच्छिक सहयोग गर्ने व्यक्ति वा संस्थाहरूको पहिचान गरी अभिलेख तयार पार्ने र गोप्य तरिकाले सहयोग सङ्कलन गर्ने कार्ययोजना बनाएको छ ।
राष्ट्रिय मुक्ति क्रान्तिको आधार क्षेत्रमा रहेका व्यापारी, साहु–महाजन, ठेकेदार, उच्च पदस्थ कर्मचारीहरूको अभिलेख तयार पारी अति गोप्य तरिकाले सहयोग प्राप्त गर्ने कार्ययोजना बनाइएको छ । जग्गा जमिनको व्यवसाय गर्ने व्यवसायीहरूको अभिलेख तयार गरी उनीहरूसँग सम्पर्क, समन्वय र सहकार्य गर्ने योजना बनाइएको छ ।
आफ्नो आधार क्षेत्रमा पहिल्यै रहेका परियोजनाहरूमा नियमित सहयोगका निमित्त अनुरोध गर्ने, नयाँ प्रस्तावित परियोजनाहरूको सम्बन्धमा भने संयुक्त लगानी प्रस्ताव गर्ने र आफ्नो पक्षधर व्यवासायीहरूलाई दिलाउने कार्ययोजनामा उल्लेख छ ।
राष्ट्रिय मुक्ति क्रान्तिको कार्ययोजनाका बुँदा नम्बर ८ मा भनिएको छ, ‘परियोजना निर्माण सम्बन्धी ठेक्कापट्टाहरू हामी पक्षधर वा हाम्रो सदस्य ठेकेदारहरूलाई दिलाउने ।’ अन्तर्राष्ट्रिय लगानी नीतिको अध्ययन गर्ने र लगानीकर्ताहरू तथा उनीहरूको स्थानीय एजेन्टसँग गोप्य सम्बन्ध विस्तार गर्ने कार्ययोजनामा उल्लेख छ । सरकारी वा निजी तहबाट हुने एफडीआई सम्बन्धी छलफल, परामर्श तथा मोलमोलाईमा संस्थागत सहभागिता गराउने वातावरण बनाउने उल्लेख गर्दै राष्ट्रिय मुक्ति क्रान्तिले विदेशमा रहेका सम्पर्क कमिटीहरूमार्फत एफडीआई भित्र्याउने योजना बनाएको छ ।
कार्ययोजनामा ‘समान–नेपाल’को आर्थिक अभियान अन्तर्गत प्रोजेक्टभित्रका ११ वटा विशेष क्षेत्रहरू अन्तर्गत साना÷मध्यम÷ठुला परियोजनाहरू विकास गरी अभियानलाई तीव्रता दिने र यो आफैँ स्वायत्त रूपमा सञ्चालित हुने पनि कार्ययोजनामा उल्लेख छ ।
आइपीओ, एनजीओ तथा आइएनजीओ, सीबीओ, सीजीसँग समन्वय गर्ने तथा सार्वजनिक, निजी र सहकारीबिच साझेदारी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा वैकल्पिक आर्थिक सञ्जाल र बजार विस्तार गर्ने राष्ट्रिय मुक्ति क्रान्तिको कार्ययोजना छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments