भण्डारी रविन्द्र : कहानी सुनौलो लेख्ने थियो चाहना

- असार २२, २०८१ मा प्रकाशित


भण्डारी रविन्द्र

२२, असार ।

न जित तिम्रो भयो न जित मेरो भयो ।
न प्रित तिम्रो भयो न प्रित मेरो भयो
कहानी सुनौलो लेख्ने थियो चाहना
न गीत तिम्रो भयो न गीत मेरो भयो ।।

काम पनि छ काज पनि छ ।
जिन्दगीको छुट्टै राज पनि छ
अगुल्टो पनि नठोसी बल्दैन सानु
कहिले काँही हाम्रो बाजाबाज पनि छ ।।

लेक जता जता चौँरी उतै उतै ।
बुढो जता जता लौरी उतै उतै
कहाँ जान सक्छु म तिमी बिना
रानु जता जता मौरी उतै उतै ।।

तिम्रो ठाउँ बाट मेरो काज फिर्ता हुनसक्छ ।
छोटो मिठो समयको राज फिर्ता हुन सक्छ
मेरो मनको भित्र तिमी रानी बनिसकेपछी
निर्णयमा ढिला नहोस् ताज फिर्ता हुनसक्छ ।।

What’s your Reaction?
+1
7
+1
8
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर