काठमाडौंमा पहिरो : पहिरोले पुरिँदा गोरखाका मनोजको मृत्यु – ज्याला मजदुरी गरी बसेकाहरुको टहरा खोलाले डुबायो
- असार २२, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अविरल वर्षा पछि गएको पहिरोका कारण शनिबार विहान सवा ११ बजे काठमाडौंको नागार्जुन नगरपालिका–३ को स्थानीय ट्रपिकल रेष्टुरेन्टमा रहेको भान्साकोठा पहिरोले पुरिँदा गोरखाको शहीद लखन गाउँपालिका–६ घर भएका २२ वर्षका मनोज बिकको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार किचन हेल्परका रुपमा काम गर्ने बिक पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
वर्षाका कारण काठमाडौंको सबैजसो नदीको जलसतह बढेको छ । भक्तपुरमा नदी तथा खोला किनारका बस्तीका कतिपय घर डुबानमा परेका छन् ।
मध्यपुर थिमी नगरपालिका–२ दिव्येश्वरी प्लानिङ नजिक १८ वटा टहरा मनोहरा खोलाले डुबाएको छ । विभिन्न जिल्लाबाट आई ज्याला मजदुरी गरी बसेका ५६ जना बस्ने टहराहरु खोलाले डुवाएका कारण उनीहरु आफन्तकोमा शरण लिन पुगेका प्रहरीले जनाएको छ ।
मध्यपुर थिमी नगरपालिका–३ कौशलटार नजिक हनुमन्ते खोलामा आएको बाढीले आश्विन आचार्यको जस्ताको टहरा डुबाएको छ । चागुनारायण नगरपालिका–४ नयाँ खोरिया स्थितमा रहेको डिप बोरिङ र पानी पाले बस्ने १ तल्ले पक्की घर पहिरोको जोखिममा परेको छ ।
वर्षापछिको पहिरोले काठमाडौंको तारकेश्वर नगरपालिका जितपुर फेदी र दक्षिणकाली नगरपालिका छैमलेमा एक एक वटा घर भत्किएको छ । काठमाडौं महानगरपालिका घट्टेकुलोमा भित्री सडक भासिएको छ ।
उपत्यकाका खोला किनार अहिलेसम्म खतरामुक्त देखिएको तर पानी आइरहेकाले प्रहरीले खोला किनारमा गस्ती गरिरहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मैनालीले जानकारी दिए । विपद कार्यमा खोज तथा उद्दार कार्यका लागि प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राखिएको उनले बताए । नदी खोलास्थित करिडोरमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments