इन्धनको अभावले गाजामा पानी, सरसफाइ पूर्वाधार र जीवनस्तरमा गम्भीर असर

- असार २२, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
इजरायली निकासी आदेश अन्तर्गत दक्षिणी गाजाको पूर्वीखान युनूस र रफाहका केही भागमा अनुमानित दुई लाख ५० हजार मानिस बसाइँ सरिरहेको संयुक्त राष्ट्रका मानवतावादीले बताएका छन् । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएच्ए)ले गाजा एक तिहाइबाट एक चौथाइ तथा एक सय १७ देखि ८५ वर्ग किलोमिटरमा प्रभावित जनसङ्ख्या क्षेत्रको अनुमानलाई संशोधन गरेको छ । विस्थापित पश्चिमी खान युनूस र देइर अल बलाहतर्फ लागे, ती क्षेत्र पहिले नै भीडभाड भएका थिए भने त्यहाँ आवश्यक सेवा, महत्वपूर्ण पूर्वाधार, आश्रय सामग्री र पर्याप्त ठाउँको अभाव थियो ।

ओसिएइचएले बिहीबार गरेको मूल्याङ्कनले खान युनूसको एक साइटमा नौ हजारभन्दा बढी विस्थापित परिवार र देइर अल बलाहको साइटमा करिब हजारभन्दा बढी घरपरिवार बसिरहेको देखाएको छ ।यी सबै परिवारलाई सुरक्षित पिउने पानीको आवश्यकता छ, मानिस–हरेक दिन पानी सङ्कलन गर्न लामो समयसम्म लाइन बस्न बाध्य रहेको मानवतावादीले जनाएका छन् ।

बालबालिका महिनाौँदेखि विद्यालय बाहिर छन्, स्थान र सामग्रीको अभावले मानवीय साझेदारलाई शिक्षा सेवा प्रदान गर्नबाट रोकेको कार्यालयले जनाएको छ । एउटा विस्थापन स्थलमा, बालबालिकाले आफ्नो अधिकांश समय अनौपचारिक डम्पिङ क्षेत्र नजिकै बाहिर बिताउँछन्, भने आमाबाबुले पानीजन्य र छालाका रोगमा वृद्धि भएको रिपोर्ट गर्छन् । कुनै पनि साइटमा स्वास्थ्य केन्द्र उपलब्ध छैन्न सबैभन्दा नजिकका चिकित्सा सेवा कम्तिमा तीन किलोमिटर टाढा छन् ।

ओसिएइचएले खान युनूसको युरोपेली गाजा अस्पताल अहिले खाली रहेको बताएको छ । कुनै उपकरण बाँकी छैन र यो कार्यात्मक छैन । सबै बिरामीलाई बाहिर निकालिएको थियो । दक्षिणी गाजामा, केरेम शालोम क्रसिङमा आवागमनमा सुरक्षा जोखिमले बाधा पुरÞ्याएकाले हालसालै पूर्वी खान युनूसका क्षेत्रमा लागि सोमबारको निकासी आदेशपछि सालाह एड–दिन रोडका केही भाग समेटेको छ । जुन मानवीय सामान र कर्मचारीको लागि महत्त्वपूर्ण मार्ग हो ।
उत्तरी गाजामा, मानवीय कार्यालय जुन–२७ को निकासी आदेशपछि एश सुजैयाह र पूर्वीगाजा शहरका अन्य भागबाट विस्थापित ८० हजार मानिसको अवस्थाबारे चिन्तित छ ।

अन्य मानवीय साझेदारसँगै, ओसिएइचएले विस्थापितलाई आश्रय दिने केही साइटको मूल्याङ्कन गरेको, हतारमा भाग्नुपरेको, गोलाबारी र उनीहरूको सामान बिना फेला परेको जनाएको छ । विस्थापन स्थलमा आश्रय र सरसफाइको अवस्था खराब छ भने मानिस पर्याप्त कपडाको अभावमा ठोस फोहोर र भग्नावशेषबीचमा सुत्नुपरेको कार्यालय जनाएको छ । आंशिक रूपमा नष्ट भएका संयुक्त राष्ट्रका सुविधामा आश्रय पाएका छन् तर विस्थापितमध्ये केही परिवारका सदस्यबाट अलग भएको रिपोर्ट गरेका छन् ।
ओसिएइचएले शत्रुता र पहुँच अवरोधले गाजाभरी सयौं हजार मानिसलाई जीवन बचाउने सहायताको वितरणमा गम्भीर रूपमा बाधा पुर्याउँने बताएका छन् । निकासी आदेश सोमबार र बिहीबारको बीचमा, उत्तरी गाजामा १३ वटा योजनाबद्ध मानवीय सहायता मिसनमध्ये केवल एकलाई इजरायली अधिकारीहरूले सुविधा दिएका थिए–बाँकीलाई अस्वीकार, वा रद्द गरियो ।

गाजामा इन्धनको अभावले स्वास्थ्य सेवाको प्रावधानमा बाधा पुरÞ्याइरहेको मानवीय साझेदारले रिपोर्ट गरेको कार्यालयले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस एड्हानोम गेब्रेयससले इन्धनको गम्भीर अभावका कारण स्वास्थ्य सेवामा थप अवरोध आउने चेतावनी दिनुभएको छ ।
टेड्रोसले गाजामा केवल ९० हजार लिटर ईन्धन प्रवेश गरेको तर स्वास्थ्य क्षेत्रलाई मात्रै दैनिक ८० लिटर चाहिने बताउनुभयो । सेवा अवरुद्ध हुनबाट रोक्नका लागि महत्वपूर्ण अस्पतालमा सीमित इन्धन आपूर्तिको साथ, संयुक्त राष्ट्रसङ्घ र यसका साझेदार असम्भव छनौट गर्न बाध्य छन् ।

ओसिएइचएले इन्धनको अभावले गाजामा पानी, सरसफाइ पूर्वाधार र जीवनस्तरमा गम्भीर असर परेको बताएको छ । मानवीय साझेदारले महत्वपूर्ण पानी तथा फोहोर पानी सुविधाहरू सञ्चालन गर्न जुन २२ देखि २८ सम्ममा ५२ हजार लिटरभन्दा कम ईन्धन प्राप्त गरेको रिपोर्टमा जनाइएको छ ।
“यद्यपि यो अघिल्लो हप्ता प्राप्त भएको भन्दा बढी छ, तर दैनिक आवश्यकताको १० प्रतिशत मात्र आपूर्ति पर्याप्त भएको कार्यालयले जनाएको छ । नतिजाको रूपमा, गाजामा बाँकी पानीको कुवामध्ये कम्तिमा आधा अस्थायी रूपमा पानी पम्प गर्न बन्द भयो भने एक सयभन्दा बढी पानी ट्रकहरूले सञ्चालन बन्द गरेका छन् । मध्य र दक्षिणी गाजाका दुईवटा डिसेलिनेसन प्लान्टले पनि इन्धनको अभावका कारण आइतबार र सोमबार सञ्चालन स्थगित गर्नुपरेको ओसिएइचएले जनाएको छ ।
(रासस/ सिन्ह्वा)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर