शक्तिको नेतृत्व गर्ने ठाउँमा हामीले जुन नेतालाई पठायौँ, त्यो भष्मासुर भएर निस्कियो : सम्मानित नेता खनाल

- असार २२, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले नेतृत्वको कारण वाम आन्दोलन पतनको बाटोमा लागेको बताएका छन् ।
शनिबार काठमाडौँमा पार्टीको एक कार्यक्रममा बोल्दै उनले तत्कालीन नेकपा हुँदा १० लाख पार्टी सदस्य रहेको, संघीय संसद्मा २ तिहाइ हाराहारी बहुमत पुगेको स्मरण गरे ।
देशका ७ वटा प्रदेश मध्ये ६ वटामा पूर्ण बहुमत सरकार रहेको र ७ सइ ५३ वटा स्थानीय तह मध्ये ४ सय भन्दा बढीमा बहुमत रहेको बताए । उनले भने–‘देश वाममय बन्दै गइरहेको थियो । जब त्यस्तो शक्तिको नेतृत्व गर्ने ठाउँमा हामीले जुन नेतालाई पठायौँ, उनी भष्मासुर भएर निस्किए ।’

उनले केपी ओलीको नाम नलिई भने–‘एमाले नेतृत्वको भष्मासुर प्रवृत्तिका कारण वाम आन्दोलन पतनतिर लाग्यो । आफ्नो दलको २ तिहाइ भएको संसद्लाई विगठन गर्ने काम भयो, जसले गर्दा नेपालको राजनीतिलाई दक्षिणपन्थी भासतिर लैजाने, देशलाई कमजोर बनाउने र कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने काम भयो । जसले गर्दा कम्युनिस्ट आन्दोलन विभाजन र विखण्डनतिर लागेको छ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
1
+1
0
Comments

सम्बन्धित खवर