पौडेल बने काठमाडौं महानगर वडा नं ९ को सान

- असार २३, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
शैक्षिक स्वर्णद्धारको रुपमा रहेको एसईई को परिक्षामा बत्तिसपुतली ९ का सुमुख पौडेल ४ जी.पी.ए प्राप्त गरि आफूलाई एक अब्बल बिधार्थीको रुपमा परिचय दिएका छन् । काठमाडौंको किन्स इन्टरनेशनल स्कूल गौरीघाटमा अध्ययन गरेका पौडेल सानै  देखीआफनो पढाई ध्यान दिने गर्थे । त्यसैले पनि उनले उत्कृष्ट जी.पी.ए हासिल गर्न सफल भएका हुन् भन्छन् उनलाई नजिकबाट चिन्ने साथीहरु ।

आफनो स्कूले जीवन अवधिभर पुर्ण रुपमा छात्रबृत्ति प्राप्त गरेका पौडेलको दिमाग निकै सार्प रहेको उनका शिक्षकहरु बताउँछन् । एक चोटी आफनो बिषय सम्वन्ध कुनै कुरालाई देख्ने बित्तिकै एकै पटक समाउन सक्ने क्षमता पनि उनमा रहेको बताउँछन् पौडेलका पिता सनिज ।

बिधालय शिक्षा बाहेक अतिरिक्त बिषय जस्तै खेलकूद त्यसमा पनि बास्केटबलमा उनको रुची रहेको रहेछ । सबैको मुखमा झुण्डिने डाक्टर इन्जिनियर बन्ने सपना पौडेलले पालेका रहेन्छन् । पौडेल भन्छन् , ‘भविष्यमा आफूलाई मन लागेको बिषय रोज्ने र राम्रो अंक ल्याएर अब्बल बन्ने उनको चाहना छ’ ।

आर्थिक रुपले मध्यम बर्गीय परिवारमा दरिएको पौडेलको परिवार आफनो सामान्य व्यवसाय गरेर बसेको छ । आफनो पढाई बिशेष रुपले आमाको चाख रहने गरेको  पौडेल बताउँछन् । बिधालयका प्रध्यानापक कैलाश कार्कीको सहयोग, सुझाव र सल्लाहले गर्दा आफूलाई अब्बल बन्ने अवसर प्राप्त भएको पौडेल बताउँछन् ।
देशभरिका पालिकाहरुले आफनो नगरमा बढी जी.पी.ए ल्याउने बिधार्थीहरुलाई सहयोग गरिरहेको थाहा पाएका पौडेलले पनि काठमाडौं महानगरपालिकाले आफनो योग्यताको कदर गर्नेमा ढुक्क छन् ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर