पदले नियम मान्दैन : उपप्रधान तथा गृहमन्त्री लामिछानेले बिपक्षी तर्फ ताकेको लौरो आफै तर्फ सोझीयो
- असार २३, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
केही महिना अघि संसदको रोष्टमा उभिएर बोल्दा उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलका नेताहरुमाथि मुलुकको सूचना बेचेको आरोप लगाएका थिए । त्यहीबेला उनले संसद बैठकमा, ‘देशको सूचना बेच्ने देशको मन्त्री होस् कि पार्टीको महामन्त्री सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने,’ पनि बताएका थिए ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेको उक्त अभिव्यक्ति नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित थियो । त्यसैबेलादेखि कांग्रेस नेताहरुले उनलाई उक्त आरोप पुष्टि गर्न बारम्बार चुनौती दिँदै आएका छन् । उपप्रधान तथा गृहमन्त्री लगाएको उक्त आरोप अहिले उनकै दलको नेतृ एवं शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ तर्फ सोझीएको छ ।
मन्त्री श्रेष्ठको विदेशी श्रीमान ‘म्यारिज भीसा’ मा म्याद थप्दै पुल्चोकस्थित मन्त्री क्वार्टरमा बस्दै आएका छन् । पेशाले पत्रकार रहेका मन्त्री श्रेष्ठको श्रीमान पोल्याण्डका नागरिक पाबेल लुकास स्वाकिन्स्की हुन् । यसरी म्यारिज भीसामा बस्नेले घरभित्रको बाहेक बाहिरको काम केही पनि गर्न मिल्दैन । तर,महिनौंदेखि मन्त्री क्वार्टरमा विदेशी पत्रकार पालेको भेटिएपछि कतै त्यही बाट सूचना चुहिने हो कि भनेर आशंका गर्न थालीएको छ ।
मन्त्रीका श्रीमान साढे दुई वर्षदेखि एक एक वर्षको म्याद थपेर म्यारिज भीसामा नेपालमा रहेको देखिन्छ । पासपोर्ट नम्बर इएल ९४६८६९३६ का पाबेलले २०२१ डिसेम्बर २ देखि ३६५ दिनको म्यारिज भीसा लिएका थिए । त्यसको एक वर्षपछि सन् २०२२ डिसेम्बर २१ का दिन फेरि ३६५ दिनको सोही भीसा नवीकरण गरेर नेपालमा बसिरहेका छन् ।
मन्त्री श्रेष्ठ स्वयंमले पुस २ गते विदेशी श्रीमानलाई म्यारिज भीसा नवीकरणका लागि अध्यागमनमा साक्षी बसेर औंठा छाप लगाएकी थिइन् ।गलत डकुमेन्ट्री बनाएर नेपाल बाल संगठनविरुद्ध भ्रम फैलाएपछि यी पाबेललाई संगठनले कालोसूचीमा राखेको थियो ।
मन्त्री श्रेष्ठले बैंक खाता खोल्ने क्रममा आफूलाई पोल्याण्डको नागरिकको रुपमा प्रस्तुत गर्दै उतैको कागजात पेश गरेको देखिएपछि राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको छ ।
अध्यागमन नियमानुसार त्यस्तो भीसामा आउने कोही पनि विदेशीले नेपालमा काम गर्न पाउँदैन । त्यसमा पनि म्यारिज भीसामा बस्नेले त झन घरभित्रको बाहेक बाहिरको केही गर्न मिल्दैन । यता मन्त्री श्रेष्ठसँग पोल्याण्डको स्थायी आवासीय अनुमति (पीआर) रहेको उल्लेख गर्दै अख्तियारमा हालिएको उजुरीमाथि राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको छ । प्रधानमन्त्री कार्यालय मातहत रहेको सतर्कता केन्द्रले छानबिन प्रक्रिया अघि बढाएको हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments