पर्ख र हेरको अवस्था : प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्म पर्खिने अवस्थामा सोडारी नेतृत्व सरकार

- असार २३, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा विश्वासको मत लिँदैछन् । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी पनि त्यतिबेलासम्म सरकार नछाड्ने मनस्थितिमा देखिन्छन् । संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । सोडारीले उक्त व्यवस्था बमोजिम आफूसँग अझै २७/ २८ दिन जति रहेकाले अहिले नै कुनै निर्णय लिइहाल्नुपर्ने अवस्था नभएको दाबी गरे । ‘संवैधानिक व्यवस्थाअनुसार अझै म सँग अरु २७ दिन छन् । नेपालको राजनीति हो ।

बजेट पारित गर्न सक्ने अवस्था नभए पनि अध्यादेश वा पेशी बजेट ल्याउन सकिने विकल्प भएको उनले बताए । ‘एमालेले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम सरकार अल्पमतमा परिसक्यो । अब राष्ट्रिय राजनीतिले कस्तो मोड लिन्छ प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्म पर्खिने अवस्थामा प्रदेश सरकार ।
नेकपा एमालेले २० असारमा समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीसोडारी अल्पमतमा परेका थिए । सरकारमा रहेका एमालेका तीन मन्त्री पनि फिर्ता भइसकेका छन् ।

५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री सोडारीलाई माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका ४ र नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ पक्षका २ गरी जम्मा १६ प्रदेशसभा सदस्यको समर्थन छ । जुन सरकार जोगाउन पर्याप्त संख्या होइन ।

सरकारको विपक्षमा रहेका दल नेपाली कांग्रेससँग १८, नेकपा एमालेसँग ११, नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका ५, राप्रपाका १ र स्वतन्त्र एक जना गरी ३६ जना छन् । जुन प्रदेशसभामा प्रष्ट बहुमत हो । ६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका सोडारी साढे दुई महिनामै अल्पमतमा परेका छन् ।
सोडारी नेतृत्वको सरकारमा सहभागी नागकिर उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्षका दुई जना मन्त्रीहरु पर्ख र हेरको अवस्थामा रहेका छन् । नाउपाबाट भौतिक पूर्वाधार विकास मन्त्री रहेका कैलाश चौधरीले पार्टी नेतृत्वको निर्देशनअनुसार सरकारबारे आवश्यक निर्णय लिइने बताए तर अहिलेसम्म कुनै निर्देशन प्राप्त नभएको उनको भनाइ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर