आर्थिक वर्षको बजेटलाई पाखा लगाउने नियति पालेका कारण बाधा : म्याद थप्नै मस्त निर्माण कम्पनि

- असार २४, २०८१ मा प्रकाशित


कासिन न्यूज,
नवलपरासी ।
दैनिक जसो अविरल रुपमा परेको पानीका बिकासमा काममा समेत बाधा हुन् थालेको छ । बाढी र पहिरोको कारण जनजीवन अस्तब्यस्त छ । जहिले पनि बेमौसममा बाजा बजाउने बानी लागेको नेपाल सरकारको असारमा आउने बिकासे नियमलाई अविरल परिरहने वर्षा बाधा पुर्याई रहेको हुन्छ । कसरी हुन्छ आर्थिक वर्षको बजेटलाई पाखा लगाउने भन्ने नियति पालेका नेपाल सरकारका कर्मचारीहरुलाई हरेक वर्ष अविरल वर्षाले बिकासमा बाधा पुर्याई रहेको हुन्छ । तर यसको समाधानको बारेमा अहिले सम्म नेपाल सरकारको ध्यान जान सकेको छैन् । जसले गर्दा बिकासका काममा बाधा पुग्दै आएको छ ।

हरेक वर्ष असारे झरीमा सडक बनाउने देखी कालोपत्रे गर्ने सरकारको नियममा केहि परिमार्जन नगर्ने हो भने नेपालले सडक सञ्जालको बिकासमा जहिले पनि बाधा भोग्नुपर्ने देखीएको छ । असारे झरीमा गरिने बिकासको पछिल्लो उदाहरण बनेको छ नारायणगढ बुटवल सडक खण्ड जसको विस्तारको काम असारे झरीले ठप्प पारेको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगर भन्छन् , अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउने कार्य भै रहेको छ । तर असारे झरीले बाधा पारिरहेको छ ।

वर्षातमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सहज बनाउनेतर्फ ध्यान दिन थालेको छ सडक बिभाग । सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको छ । तर यही काम असारे झरी सुरु हुनुभन्दा अगाडी गर्दा के हुन्थ्यो भन्दा यसको सहज उत्तर छैन योजना प्रमुख थापा सँग ।

यसवर्षको मनसुन सुरु भएपछि एक हप्ता अगाडिदेखि नै निर्माण कम्पनीले आफ्नो स्रोतहरु घटाउँदै लगेको बताउने योजना प्रमुख थापा अहिले काम बन्द गरेको बताउँछन् । काम त बन्द छ तर सडक कहिले बन्ने कुनै समय छैन । अर्को असारे झरी पनि लाग्न सक्छ । विसं २०७५ माघमा सडक बिस्तारको लागि सम्झौता भएर काम सुरु गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशतमात्रै देखिएको योजना प्रमुख मगरले बताए । नारायणगढ बुटवल सडकको एकसय १४ किलोमिटरमध्ये पूर्वी खण्डमा ६५ किमी सडक पर्दछ ।

समयमै सडक विस्तारको काम नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले दोस्रो पटक पाएको म्याद थपको अवधि यही साउन ८ गते सकिँदैछ । म्याद सकिन लागेपछि निर्माण कम्पनीले अझ एक वर्ष म्याद थपका लागि निवेदन दिएको जनाइएको छ ।

“निर्माण कम्पनीले विभिन्न कारणहरु देखाउँदै म्याद थपका लागि निवेदन दिएको छ” उनले भने , “काम सुरु गर्ने बेलामा फैलिएको कोभिडको महामारी , ढिला गरि दिइएको रुख काट्ने स्वीकृति, बिजुलीको पोल सार्न भएको ढिलाइसहित पुरानै कारण देखाएर म्याद थपका लागि निवेदन दिएको छ ।”

निर्माण कम्पनीले दिएको निवेदनको आधारमा कति दिन म्याद थप गर्दा उचित हुन्छ भन्ने विषयमा आफूहरु छलफलमा नै रहेको आयोजना प्रमुख मगरले बताए ।
“कति दिन म्याद थप गर्ने भन्ने विषयमा परामर्शदाता र हामी मिलेर छलफल गरिरहेका छौँ” उनले भने , “हामीले यहाँबाट सिफारिस गरेपछि म्याद थपका लागि मन्त्रालयमा सिफारिस पठाउँछौँ ।” म्याद थपको स्वीकृति साउन ८ भन्दा अगाडि नै आउने भए पनि कति दिन थप हुन्छ भनेर भन्न सक्ने अवस्था नभएको उनले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर