कसको पोल्टामा ? बागमती प्रदेशमा बानियाँ र लामाको मुख्यमन्त्रीमा दावेदारी
- असार २४, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नयाँ सत्ता समीकरण बनेसँगै बागमतीमा अब चौथो पटक एमाले र कांग्रेसको गठबन्धन सरकार बनाउने तयारी छ । मुख्यमन्त्रीमा कांग्रेसले दावी गरिरहेको छ । कांग्रेसबाट संसदीय दलका नेता बहादुर सिं लामा मुख्यमन्त्रीका दाबेदार छन् । त्यो सँगै बागमती प्रदेशका सभापति इन्द्र बहादुर बाँनिया पनि मुख्यमन्त्रीको दावेदारको रुपमा उभिएका छन् ।
नुवाकोटका लामा र हेटौंडाका बानियाँ बिच अहिले मुख्यमन्त्री पदको लागि रस्साकस्सी चलिरहेको छ । दुबैले आ आफनो तर्फबाट जोडबलका साथ लबिङबाजी गरिरहेका छन् । बागमती प्रदेशमा दुबै नेता अब्बल र एक से एक मानिएका छन् । दुबै आ आफनो दावेदारीलाई कायम राख्दै अहिले कांग्रेस केन्द्रमा आफनो पक्ष बलियो बनाउन लागि परेका छन् ।
केन्द्रको निर्णय नै प्रदेशको निर्णय हुने भएकोले दुबै नेताहरु अहिले केन्द्रमा आफनो पहुँच बढाउन लागि परेका छन् । बानियाँ यस अघि पनि मुख्यमन्त्रीकोे दावेदारको रुपमा उभिएका थिए । तर त्यो बेलाको सत्ता समिकरणले उनलाई मुख्यमन्त्री पद हासिल गर्न सहज भएन । लामाको हकमा भने अहिले संसदीय दलको नेताकोे हैसियतले उनको दावीलाई स्वभाविक मानिन्छ ।
कांग्रेसको प्रदेश सभा संसदीय दलको विधान अनुसार पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्थामा संसदीय दलको नेता मुख्यमन्त्री हुने व्यवस्था छ । प्रदेश सभा संसदीय दलको विधानको दफा ६ को उपदफा १० मा ‘पार्टीले प्रदेश सरकार गठन गरेको अवस्थामा नेताका हैसियतमा नेतृत्व प्रदान गर्ने’ उल्लेख छ ।
कांग्रेसले सरकार बनाउने अवस्था र संसदीय दलको कार्यान्वयन गर्दा मुख्यमन्त्री हुने पात्रमा निर्विकल्प संसदीय दलका नेता लामाले सरकारको नेतृत्व गर्नेछन् ।
संसदीय दलको विधान अनुसार सरकारको नेतृत्व गर्दा मुख्यमन्त्री लामा नै हुने उनी पक्षीय सांसदहरुको दाबी छ । तर, संविधानको आधार देखाएर मुख्यमन्त्रीको आकांक्षीमा प्रदेश सभापति बानियाँ पनि देखिएका छन् ।
संविधानको धारा १६८ (२) अनुसार बानियाँ मुख्यमन्त्री बन्नसक्ने आधार रहेको उनी पक्षीय प्रदेश सांसदहरुको जिकिर छ । संविधानको उक्त व्यवस्थामा ‘प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने’ उल्लेख छ ।
प्रदेशमा यही धारा अन्तर्गत रहेर सरकार निर्माण भइरहेको छ । संविधानको धारा १६८ (२) ले संसदीय दलको नेता बाहेक अर्को व्यक्ति पनि मुख्यमन्त्री हुनसक्ने आधार रहेको बानियाँ पक्षका सांसदको तर्क छ । संसदीय दलको नेता बाहेक अरु पनि मुख्यमन्त्री बन्न सक्ने अधिकार संविधानले दिएकोले बानियाँ मुख्यमन्त्री बन्न सक्ने उनी निकट प्रदेश सांसद मीनकृष्ण महर्जनले कासिन न्यूज सँग बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments