कांग्रेसमा नयाँ मन्त्रीका आकांक्षीहरुको दौडधुप सुरु : मन्त्री बन्ने दौडमा आरजु
- असार २४, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
एमालेको समर्थन फिर्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएनन्, संसद सामना गर्ने निर्णय लिए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले २८ असारमा संसदमा विश्वासको मत लिने कार्यसूची छ । त्यो सँगै संसदको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नयाँ सरकार गठनका लागि अझै केही दिन लम्बिने भएको छ ।
तर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति गरेको नेपाली कांग्रेसमा भने मन्त्रीका आकांक्षीहरुको दौडधुप सुरु भइसकेको छ । १७ असारमा कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि भने आरजु फेरि मन्त्री बन्ने दौडमा आइन् । यसपटक आरजु मन्त्री बन्ने पक्का जस्तै छ । उसो त कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा बाहेक कांग्रेसका हरेक सांसद मन्त्रीका सम्भावित उम्मेदवार हुन् । त्यस आधारमा आरजुले मन्त्री बन्ने आकांक्षा राख्नु अस्वाभाविक होइन ।
ओली सरकारमा आरजु मन्त्री बन्दा गठबन्धनलाई टिकाउन पनि मद्दत नै हुने कांग्रेसका अर्का एक नेता बताउँछन् । ‘यो गठबन्धनको भविष्य ओली र देउवाको विश्वासमा टिकेको भन्दै ती नेता भन्छन्, ‘आरजु देउवा मन्त्रिपरिषदमा हुनुभयो भने देउवासँग सहकार्यका लागि ओलीका लागि पनि निकै सहज हुन्छ ।’
अहिले सक्रिय राजनीतिको उत्तरार्धमा पुगेपछि भने देउवालाई आरजुलाई अगाडि बढाएका छन् ।
०७४ को चुनावमा कैलाली ५ बाट प्रत्यक्ष चुनाव लड्न टिकट नै दिए । २०७९ मंसिरमा भने चुनाव जित्नेमा ढुक्क हुन नसकेपछि समानुपातिकमा राखेर संसदमा ल्याए । कांग्रेसको १४ औं महाधिवेशनमा आरजुले महिला खुलातर्फ केन्द्रीय सदस्यमा चुनाव जितिन् । कांग्रेसको आगामी महाधिवेशनमा पार्टीको उपसभापति बन्ने आरजु देउवाको चाहना छ ।
त्यसका लागि उनले महाधिवेशन अगाडि विधान संशोधन गरेर महिला उपसभापतिको व्यवस्था गर्ने एजेण्डा उठाएकी छन् । विस्तारै पार्टीको राजनीतिमा भूमिका बढाउँदै गएकी आरजु अब ओली सरकारमा परराष्ट्रमन्त्री बन्न चाहन्छिन् । कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने तयारीमा रहेका ओली पनि आरजुलाई परराष्ट्रमन्त्री बनाउन सकारात्मक छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments