साफ यु–२० च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण : देशभरबाट ४० खेलाडी छानिए (नामावली सहित)
- असार २५, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपालमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षण सुरु गर्ने भएको छ । जसमा ४० खेलाडी रहेका छन् ।
देशभर बाट छनोट गर्दै एन्फाले ४० खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो । ४० खेलाडी मध्ये छनोट भएका खेलाडी सहित नेपालबाट उमेर समूहमा खेलिसकेका खेलाडी समेत रहेका छन् ।
टोलीको प्रशिक्षणको जिम्मेवारी प्रशिक्षक उर्जन श्रेष्ठले पाएका छन् । श्रेष्ठले यसअघि नेपालको यु–१७ टोलीको प्रशिक्षकको जिम्मेवारी निर्वाह सकेका छन् । प्रतियोगिता साउन ३२ गतेदेखि भदौ १२ गतेसम्म काठमाडौंमा हुँनेछ । प्रतियोगिताको उद्घाटनमा नेपालले श्रीलंकाको सामना गर्नेछ ।
समूह ए मा रहेको नेपालले दोस्रो खेल पाकिस्तान विरुद्ध भदौ ३ गते र तेस्रो खेल बंगलादेशसँग भदौ ६ गते खेल्नेछ । समूह बी मा भारत, माल्दिभ्स र भुटान छन् ।सेमिफाइनलका दुवै खेल भदौ १० गते फाइनल भदौ १२ गते हुनेछ। यो प्रतियोगिता पछि नेपाली टोलीले यु–२० एसियन कपको छनोट समेत खेल्नेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments