२५,असार ।
सम्माननीयका साथै मनानियाहरुको समारोहमा सम्बोधन गर्न त्यहाँ ठूलो भीड बेचैनका साथ कुरिरहेका थिए । टाई शूट साथै राष्ट्रिय पोसाकमा सब्य धेरै भलाद्मी जस्ता देखिनेहरुको भिड अझै बड्दै गएको थियो । मुलुकलाई नयाँ निर्देश दिने, साथै नयाँ विभागीयको स्थापनाका साथ् नयाँ कार्य गर्ने अबधारणा आउने हल्लाको केहि दिन अगाडि देखि नै चुर्लिएको थियो । माहोल तात्दै थियो, मधुर संगीतका साथ् सन्ध्याकालीन रातमा मिसिएको जस्तो गिलासमा कालो पहेलो जस्ता पिए पदार्थ लिनेको लाइन पनि छुटै थियो । सबैको आफ्नै रबाफ, आफ्नो पहुच र आज त्यहा केहि आफ्नै लागी उपलब्धि हुने बिस्वस्त देखिन्थ्ये ।
समय अन्तरल त्यहाँ एक राज्यमन्त्रीको आगमन हुँदै गर्दा, पिए पदार्थ लिनेको लाइन एकएक छड्के भयो । हातमा गिलास नै लिएर नमस्कार गर्न दौड्दै गरेको केहि भलादमीको दृश्य हेर्न लायक थियो । आम नागरिकलाई असारे रोपाई गर्न जतिको हतारो त्यहाँ एक पछि अर्को मन्त्रीको आगमनमा नमस्कार गर्न तितरबितर भिडहरुको हतारो, बास्तबमा हेर्न लाएको को दृश्य देखिएको थियो ।
त्यसरी गरी मन्त्रीहरुको आगमन पनि बाक्लिदै गयो, रंगिन बाताबरण झमक्कको साझ, र असारे बर्षा, क्या बात छ, बास्तबमा मौसम अनुकुल नै हो । असारे झरीमा किसानहरुको रोपाइँ गर्ने जुन व्यग्रता रहन्छ, त्यस्तै सम्माननीयको आगमन र नयाँ विभागीयको स्थापनाका साथ् नयाँ कार्य गर्ने अवधारणा बिचको प्रस्तुति सुन्न भद्रभलाद्मीहरुको व्यग्रता गजब कै थियो ।
कसैले राजनीतिक नियुक्तिको आस, कसैलाई बैदेशिक दुत हुन्छु भन्ने विश्वास, त कसैलाई त्यहि विभागीय प्रमुख हुने सम्भावना, यस्तै, त्यस्तै व्यग्रता र निशुल्क प्राप्त महँगो पिए पदार्थको मिश्रणले, बनाएको त्यहाँको मूड, हेर्नको लागि बडा रोचक परिदृश्य देखिएको थियो ।
एक्कासी चर्को आवाज आयो । सम्माननीयको आगमन भयो । ए !! सम्माननीयको आगमन भयो । सुरक्षा कर्मीलाई सतर्क गर्न लगाउनु, सम्माननीयको आगमन भयो !!!
सम्माननीयको उद्घोषमा छिट्टै नेपाललाई दोस्रो “स्वट्जिरल्यान्डू” बनाउने कार्यक्रम र नयाँ विभागीयको स्थापनाका साथ नयाँ कार्य गर्ने अवधारणा आउने बडो उत्सुकताका साथ तय भएको उक्त ताम झाम, गज्जब थियो । देश तथा बिदेशका पत्रकार समेतलाई बोलाइएको उता घोषणा कार्यकर्ममा अधिकंश बरिष्ठ ब्यक्तित्व, बिदेशी कुटनीतिक नियोगका प्रमुखहरुको गरिमाम उपस्थिती थियो ।
आफ्नो महत्वाकाङ्क्षी तर प्रायः पूरा नगरीएका प्रतज्ञिाहरूका सम्माननीयले रोजगार, कृषि कार्यक्रम, बिश्वस्तरीय राजमार्ग, अत्याधुनकि विमानस्थल र उच्च गतिको रेल संचालन निर्माण गर्ने आदि जस्ता धेरै असफल परियोजना प्रस्तुति बाट वाक्क जनता, यो नयाँ विभागीयको स्थापनाका साथ् नयाँ कार्य गर्ने अवधारणा प्रति भने त्यति बिश्वस्त, त थिएनन् नै ।
उत्घाटन कार्यकम समापन भयो । धेरैको बक्तब्य पछि सम्माननीय को आफ्नो बोल्ने पालो आएको संकेत उद्घोषले गरे । व्यङ्ग्यात्मक मोडमा, सम्माननीयले आफ्नो पहिलो कार्य सफल भएको उद्घोष गरे जसलाई स्थानीयहरूले स्नेहपूर्वक “माननीय ताल” उपनाम दिएका थिए । “माननीय ताल” कार्यकर्ता पाल्ने एक मजबुत योजना भएको आरोप आएको हुनाले तत्कालिन त्यो महत्वपूर्ण सम्माननीय ताल कार्यक्रम स्थगन गर्नु परेको गुनासो गरे ।
होहल्ला मै केहि व्यक्तिहरुले भने, सम्माननीयको कुरो नै बाझियो, पहिलो कार्यकर्म सफल भएको र कार्यकर्ता पाल्ने एक मजबुत योजना भएको आरोपमा उक्त परियोजना स्थगन गर्नु परेको गुनासो गरे । सबै जना रनभुल्लमा परे । के भनेको के । खैर ! त्यो घोषणा सभामा उपस्थित अधिकांस त्यहाँ सम्माननीयले भनेको कुरो बुझेनन, नै ।
नयाँ विभागीयको स्थापनाका साथ नयाँ कार्य गर्ने अबधारणाको चर्चामा सम्माननीयले सबैको ध्यान आकर्षण गर्दै भने यो असार महिना र हरेक बर्षको असार महिनामा नेपाल अधिराज्य भरि किसानले अ–आफ्नो खेतमा धान रोप्न नया योजना ल्याको छौ, र साथै एउटा धान बिभाग गठन गरेको घोषणा पनि गर्दछौ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments