अवैध संकाश्पद कारोवार गर्नेहरु प्रहरीको फन्दामा(बरामद सामानको विवरण सहित )
- असार २५, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
ललितपुर महानगरपालिका वडा नं १४ मा रहेको एक निर्माणाधिन घरको तेस्रो तलामा अवैध संकाश्पद कारोवार भैरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले भारतीय नागरिक युवराज विभुतेले भाडामा लिएको फ्ल्याटमा खानतलासि गरेर केही शंकास्पद गतिविधिमा संग्लन व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुले काठमाडौं र ललितपुर सहित अन्य स्थानमा पनि फ्ल्याट भाडमा लिएको भन्ने खुल्न आएको छ । उक्त स्थानहरुमा प्रहरी टोलीले खानतलासी गर्दा नगद रुपंैया तथा अन्य सामानहरु वरामद भएको छ । प्रहरीको फन्दामा परेकाहरुलाई अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पठाइएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
पक्राउ परेका व्यक्तीहरु :
भारत आडवारी थाना घर भई ताल्छिखेल बस्ने वर्ष २८ को युवराज विभुते, सोही स्थान बस्ने बर्ष २० को विक्रम यलवर,बर्ष १८ को अभिषेख विभुते, भक्तपुर विरुवा बस्ने बर्ष २० को सिध्दान्त चौलागाँई, ललितपुर बस्ने बर्ष २० को यसवन्त सुनार, भारतको सोलारपुर घर भई टोखा मैत्रीचोक वस्ने वर्ष २१ को विजय सम्पत खिलारी रहेक छन् ।
वरामद भएका सामानहरु :
१. परिक्षणबाट सुन भनि खुलेको धातु १५८७.५१ ग्राम,
२. परिक्षणबाट चाँदी भनि खुलेको धातु ११५३.२२ ग्राम,
३. नेपाली रुपैंया ५८,३५,५६० ( अन्ठाउन्न लाख पैतिस हजार पाँच सय साठ्ठी रुपैया)
४. भारतीय रुपियाँ ८५५० ( आठ हजार पाँच सय पचास)
५. डिजिटल तराजु थान १, तौल गर्ने मेसिन थान ३ , तौल नाप्ने ढक थान ५ र रवर छाप थान १
६. सुन पगाल्ने मेशिन थान–२
७. सुनको गुणस्तर परिक्षण गर्न प्रयोग हुने प्ब्च्ब्त् ःभतभच लेखिएको मेसिन थान १
८. पैसा गन्न प्रयोग हुने जस्तो मेसिन थान १
९. विभिन्न कम्पनीका मोवाईल थान ८, र ल्यपष्ब कम्पनीको किप्याडवाला कालो मोबाईल थान १
१०. कालो रंगको धातुको धुलो पदार्थ तौल गर्दा ३०.२० ग्राम
११. सेतो रड जस्तो धातु
१२. तामाको जस्तो तार ५८० ग्राम
१३.Laptop Hp थान १, डेल कम्पनीको 16 GB को पेनड्राईभ थान १, हार्ड डिस्क थान १ र ज्ञट न्द्य को पेनड्राईभ थान १
१४. NETWORK VIDEO RECORDER OJHUA लेखिएको कालो वाकस थान १ र ल्भतष्क लेखिएको कालो वक्स थान १
१५. सिमकार्ड, चेकवुक , तथा वैंकमा नगद जम्मा गरेको भौचर
१६. हिसाव किताव रहेका डायरी तथा कपी थान ४, विभिन्न विलभरपाईहरू पाना ३०, अन्य कागजात पाना ८, युवराज विभुतेको नामको चेक थान ४, सहकारीको पासवुक थान ७, भन्सार कार्यालयको रसिद पाना ४, विल ठेली २ वुक र कालो झोला १ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments