नौबिसे–मलेखु सडक खण्ड १५ दिनसम्म राति १० देखि बिहान ३ बजेसम्म बन्द (सूचना सहित)

- असार २५, २०८१ मा प्रकाशित


कासिन न्यूज
काठमाडौं ।
पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडक खण्ड १५ दिनसम्म राति बन्द हुने भएको छ । नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै यो सडक खण्ड २६ असारबाट रातिा बन्द गर्न लागिएको जनाएको छ ।

सडक राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ । उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्ने गरी सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ । जहाँ ‘गर्डर लन्चिङ’ को काम गर्न लागिएको आयोजनाको भनाइ छ । यस

अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, सुरक्षा निकाय लगायत) भने चल्न सक्नेछन् । आयोजनाले यो सडक खण्डमा लेन अनुशासन कायम गरी सवारीसाधन चलाउन भनेको छ । ओभर टेक नगर्न समेत आयोजनाले आह्वान गरेको छ । यो सडकको विकल्पमा गल्छी–बिदुर–छहरे–टोखा सडक प्रयोग गर्न सकिने समेत आयोजनाले जनाएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर