अध्यक्ष ओलीको भोट ब्याङ्क सुकुम्बासी बस्ती : मेयर शाहको इलिट शहरको परिकल्पना

- असार २६, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
उपत्यकामा मंगलबार राती देखी अविरल रुपमा बर्षा भै रहेको छ । राती देखी परेको पानीका कारण बागमतीले आफनो तिब्रता बढाएको छ । खोलामा आएको बाढी र बर्षातका कारण पहिरोको जोखीम रहने हुँदा सबैलाई सचेत र सजग रहन जल तथा मौसम बिभागले अनुरोध गरेको छ । भने खोला छेउका बस्तीमा रहेकाहरुलाई बढेको खोलाको गति सँग टाढा रहन पनि सुझाइएको छ ।

उपत्यकाको नदि छेउमा बस्ती बसालेर बस्नेहरुको पहुँच माथि सम्म भएकोले जहिले पनि यस्तो समस्या आइरहने बागमतीका बिज्ञहरु बताउँछन् । नदि छेउमा बस्ती बसालेर बस्नेहरु प्रायलाई सुकुम्बासीको रुपमा दर्ज गरिएको छ । तर यहाँ बस्ती बसालेर बस्नेहरु सच्चा सुकुम्बासी भन्दा पनि अन्यको संख्या ज्यादा भएको एक सरकारी अध्ययनले पनि बताउँछ । व्यवस्थित बस्ती नहुनु पनि सुकुम्बासी समस्या तड्कारो रुपमा दैनिक जसो आइरहेको छ ।

बागमती छेउको सुकुम्बासी बस्ती

अन्य मौसममा भन्दा पनि बर्षातमा सुकुम्बासी बस्तीमा समस्या आउने सम्वन्धित निकाय बताउँछन् । तर व्यवस्थित निराकरण कुनै पनि सरकारले गर्न सकेको छैन । राजनीतिक दल यसका नेताहरुको अधिकतम पहुँचका कारण यहाँको समस्या जहाँको त्यहि रहेको एक बागमती बिज्ञले कासिन न्यूज सँगको कुराकानीमा बताए ।
यहि बिषयलाई लिएर अहिले सामाजिक सञ्जालमा निकै  हल्ला चल्न थालेको छ । त्यो हो  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिका का मेयर बालेन शाह बिचको द्वन्द्व ।
मेयर शाह काठमाडौँलाई इलिट बर्ग (उच्च बौद्धिक, सामाजिक वा आर्थिक रुपले सम्पन्न व्यक्तिहरु) शहरको  सूचिमा राख्न चाहन्छन् । तर अध्यक्ष ओली आफ्नो भोट ब्याङ्कलाई त्यतिकै छोड्न चाँहदैनन्। किन कि एमालेको भोट ब्याङ्क भनेको काठमाडौंमा सिर्जित सुकुम्बासी नै हुन् जो एमालेको भविष्य पनि हुन । एकाद दुई नेपाली कांग्रेस सँग सम्वन्धित भएपनि बाँकी सबै एमाले समर्थक नै हुन् । त्यसैले पनि अध्यक्ष ओली कुनै पनि हालतमा मेयर शाहलाई सफल हुन नदिने सोंचमा छन् । यी दुईमा शित युद्ध चलिरहेको छ। तर सहि कुरा बुझ्ने हो भने अहिले जति पनि बागमती किनारमा छाप्रो लगाएर बसेका छन । ति मध्ये ४० प्रतिशत मात्र सच्चा सुकुम्बासी देखीन्छ ।  बाँकी आफनो फाइदाको लागि यो स्थानलाई ओगटेर बसेका छन् ।

जसको यर्थाथमा आफ्नो निजी स्रोत छैन त्यस्ता परिवारलाई सुकुम्बासी भन्ने गरिन्छ । तर यहाँको स्थिती हेर्ने हो भने सुकुम्बासी भन्दा हुकुमबासीको संख्या बढेको छ । त्यसमा थपिएका छन् दक्षिण भारतका पाहुनाहरु । जसले दैनिक जसो प्लाष्टिका बटुल्ने देखी सडकका छेउमा बसेर अरुको भविष्य हेरी रहेका हुन्छ ।दक्षिण भारतीय पाहुनाहरुले पनि बागमती खोला किनारमा डेरा जमाउन थाली सकेका छन् ।

यी पनि भविष्यको लागि अप्ठ्यारो बिषय नबन्ला भन्न सकिंदैन् । यस्तोमा मेयर शाहको काठमाडौं महानगरलाई इलाइट बर्गको शहरको रुपमा लैजान खोज्नु कति सहज होला । राजनीतिक दल त्यसमा पनि सत्ताको नेतृत्वको गर्न लागेको दल नेकपा एमालेको सहमति बिना मेयर शाहको इलाइटको परिकल्पना सम्भव भन्दा असम्भव नै बढि देखीन्छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर