प्रधानमन्त्री दाहालले विश्वासको मत मागेपछि सरकार गठनको प्रक्रिया : काम प्रभावकारी बनाउन सक्ने व्यक्ति सरकारमा

- असार २६, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
बुधबार बसेको नेकपा एमालेको सचिवालय बैठकले सरकारको काम प्रभावकारी बनाउन परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने नीतिगत निश्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

२८ असारमा प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेपछि सरकार गठन प्रक्रिया अघि बढ्ने उनले बताए । नेपाली कांग्रेस र नेकपा एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ ।

एमाले उपमहासचिव ज्ञवालीका अनुसार कांग्रेस र एमालेले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्नेछन् । सरकारमा सहभागी हुन चाहने दललाई संसदमा रहेको उक्त दलको हैसियत अनुसार स्थान दिन सकिने उनले बताए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर