उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेका कारण छानबिनमा बाधा

- असार २६, २०८१ मा प्रकाशित


कासिन न्यूज , 

काठमाडौं ।

 सहकारी पीडितहरूले सहकारी सञ्चालकहरूको सम्पत्ति जफत गरेर भए पनि आफूहरूको बचत फिर्ताका लागि सरकारलाई भनेका छन् । गोर्खा मिडिया नेटवर्कसँग जोडिएका सहकारीका पीडितहरूले भने रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री हुनासाथ छानबिन नै रोकिएको गुनासो गरे ।,

बुधबार सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले सहकारी पीडितहरूलाई छलफलमा बोलाएको थियो । छलफलमा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडित देविलाल भट्टराईले सहकारी विभाग लगायत नियमनकारी निकायले ख्याल नगर्दा सहकारीमा समस्या मौलाएको बताए ।अर्का पीडित विजयकुमार नेपाल ठग्ने उदेश्यसहित सहकारी स्थापना भएको र यस्तोमा राज्य बेखबर रहेको बताउँछन् ।
,

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर