राजनीतिको घाम छाँयामा ओझेलमा परेका दाहाल : ठूला दललाई डेमोक्रेटिक र रिपब्लिकको अवधारणालाई ल्याउने राम्रो अवसर
- असार २७, २०८१ मा प्रकाशित
२७, असार ।
अहिले नेपालको राजनीतिलाई सत्ता भोग्ने एउटा दरिलो माध्यम बनाइन थालिएको छ । अहिले को कता को कता को राजनीति हावी हुन् थालेको छ । जसरी हुन्छ सत्तालाई आफनो कब्जामा पार्नको लागि ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र दत्तचित्त भएर लागेका छन् ।
तर राजनीतिको यो घाम छाँयामा नेकपा माओवादी केन्द्र ओझेलमा परिसकेको छ । एकिकृत समाजवादी लगायतका साना दलहरुको साहारा लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपाली आफनो पल्लालाई आफनै पञ्जाबाट फुस्काउने भएका छन् । किनकी राजनीतिमा अहिले प्रधानमन्त्री दाहालको छलकपटले सीमा नाघिसकेको छ ।
नेपाली कांग्रेस (नेका)को सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पत्नी आरजु राणा देउवा सहित १५ असारमा बालकोटस्थित निवासमै पुगेर एमाले अध्यक्ष केपी ओलीसँग लामो राजनीति छलफल गरेका थिए । त्यसयता भएका शीर्ष र दोस्रो तहका नेताहरूका शृंंखलाबद्ध बैठकपछि कांग्रेस र एमाले १७ असार सोमबार मध्यरातमा नयाँ गठबन्धन बनाउने सहमतिमा पुगेका हुन् ।
यो सहमति सँगै नेपाली राजनीतिमा अद्भुत प्रकारको तरंग फैलीएको छ । जसको कारण प्रधानमन्त्री दाहाल कहिले नेका सभापति देउवा त कहिले एमालेका अध्यक्ष ओलीलाई मोबाइल घुमाउन ब्यस्त थिए । तर दुई तर्फको जवाफ आफनो पक्षमा नआएपछि अहिले प्रधानमन्त्री दाहाल राजनीतिक परिवृत्तमा राम्ररी रन्थनिएका छन् । अन्तिमा केही नलागेर हार खाए पनि आफनो बचे खुचेको साख जोगाउनको लागि प्रधानमन्त्री दाहालले अविस्वासको प्रस्ताव फेस गर्ने भएका छन् ।
रवि लामिछानेको दल रास्वपाले प्रधानमन्त्री दाहाललाई सघाउने कुरा गरि सकेको छ । किनकी सत्ताको स्वादमा फसेको रास्वपाको लागि प्रधानमन्त्री दाहाललाई सघाउनु बाहेक अन्य बिकल्प पनि थिएन । सत्ताबाट हात धुने बित्तिकै रवि माथि लागेका विभिन्न काण्डहरुले मौलाउने मौका पाउँछन् भनेर रविलाई राम्ररी थाहा थियो । त्यसैले रविको दलले प्रधानमन्त्री दाहाललाई सघाउनु उचित ठान्यो ।
एकीकृत समाजवादी(एस)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएको छ । प्रधानमन्त्रीनिवास बालुवाटरमा बुधबार भएको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले विश्वासको मत दिने प्रतिबद्धता जनाएका हुन् । छलफलमा नेपाल र खनालका साथै नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र नेसपा अध्यक्ष महिन्द्रराय यादव सहभागी थिए ।
यी सबै दलहरुको आ आफनो दलिय स्वार्थ गाँजिएको छ । कुरा गरौ एसका अध्यक्ष नेपालको । नेपालले दाहालको पछि लाग्नु पछाडि अन्य कुनै कारण छैन् । बाहिरी रुपमा सादुवाद चरित्रका भएपनि नेपालको भित्री रुप र राजनीतिक रंग बुझीनसक्नु छ । स्वार्थ र बदलावको राजनीतिलाई सूत्र बनाएर हिँडेका नेपालले दाहाललाई सहयोग गर्नुको पछाडि अन्य केही कारण होइन । त्यो राजनीतिमा चासो राख्ने हरेकलाई थाहा भएको कुरा हो । अध्यक्ष नेपाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सँग राजनीतिक बदला लिनु छ ।
त्यसैले अध्यक्ष नेपाल कहिले कांग्रेसका सभापति देउवाको बुँई चढ्छन त कहिले प्रधानमन्त्री दाहालको । अहिले भने अध्यक्ष नेपाल दाहालको बुँई चढेका छन् । यसपाली दाहालको कन्दा कमजोर भएकोले नेपाल लड्ने पक्का छ । धुलमुले राजनीतिको बिज्ञ मानिएका अध्यक्ष नेपालको राजनीतिक बदलावको सोचले काम गर्ने छाँट यसपाली छैन् ।
यीनै साना साना दलहरुलाई काँधमा बोकेर हिंडेका प्रधानमन्त्री दाहाल आफैलाई पनि थाहा छ कि परिणाम के आउँछ भनेर । परिणाम जे आएपनि पछि हट्ने अवस्थामा नभएका प्रधानमन्त्री दाहालले राजनीतिक बाहुल्यता भने देखाएका छन् ।उता दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा अरुले चियाउनु नपर्ने अवस्था छ । यदि साच्चै देशको राजनीतिमा बदलाव ल्याउने हो भने देशलाई यी ठूला दलले मात्र चलाउँदा राम्रो हुन्छ ।
अमेरिकाको जस्तो डेमोक्रेटिक र रिपब्लिक दुई समूह मात्र हुने हो भने देशको राजनीतिमा बदलाव आउने पक्कै थियो । साना र क्षेत्रीय दलहरुलाई पाखा लगाउने,डेमोक्रेटिक र रिपब्लिकको अवधारणालाई ल्याउने यो जस्तो राम्रो अवसर कांग्रेस र एमालेले पाउने छैनन । यसको भरपूर प्रयोग गर्दा कांग्रेस र एमालेलाई राजनीतिक फाइदा नहोला भन्न सकिंदैन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments