कांग्रेसबाट सरकारको नेतृत्वमा प्रकाशमान : मत विभाजन भए लगतै दुई तिहाई सांसदको समर्थन लिएर शीतल निवास जाने तयारी

- असार २८, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको असफल प्रयासले निचोड दिने बित्तिकै नेपाली कांग्रेस र नेकपा एमाले बिच भएको सहमति अनुसार शुक्रबार नै नयाँ सरकार गठन प्रक्रियालाई थालिने भएको छ । पहिला देखी कांग्रेस र एमालेका नेताहरुले प्रधानमन्त्री दाहाललाई राजीनामा दिन सुझाए पनि प्रधानमन्त्री दाहाल विश्वासको मतको पछाडि लागेका छन् । आफनो पक्षमा माधव कुमार नेपाल नेतृत्व एस र रवि नेतृत्वको रास्वपाको मात्र साथ भएको थाहा हुँदा हुँदै पनि प्रधानमन्त्री दाहालको ढिप्पीले साथ छोडेको छैन् ।

मत विभाजन भएर परिणाम आए लगतै दुई तिहाई सांसदको हस्ताक्षरसहित शीतल निवास जाने तयारीमा कांग्रेस र एमालेका नेताहरु छन् । संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच १७ असारमै नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । लगतै दुवै दलले आआफ्नो संसदीय दल र पाटीको बैठक राखेर राजीनामा दिन प्रधानमन्त्री दाहाललाई बारम्बार सुझाएका पनि थिए ।

तर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले विश्वासको मत लिन चाहे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुलाई फर्काएका प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका नेताहरुसँग लगातार छलफलमा गरे र, २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय लिए ।
त्यसको अघिल्लो दिन २७ असारमा आइपुग्दा प्रचण्डसँग आफ्नै दल माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१ र एकीकृत समाजवादीका १० गरी जम्मा ६३ मत देखिएको छ । नयाँ गठबन्धनको पक्षमा दुई तिहाई जुटेको छ ।

दुई ठूला दल कांग्रेस (८८) र एमाले (७९) मिल्नासाथ १६७ हुन्छ, जुन बहुमत (१३८) भन्दा बढी हो । जसपा (७), जनमत (६), जसपा नेपाल (५), लोसपा (४), नाउपा (४) नयाँ गठबन्धनको पक्षमा देखिएकाले दुई तिहाई कट्ने देखिन्छ । तर प्रधानमन्त्री दाहालले भने सत्ता साझेदार दलले समर्थन फिर्ता लिएमा एक महिना (३० दिनभित्र)मा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेकाले संसद फेस गर्न चाहे ।

प्रधानमन्त्रीले विश्वासको मत नपाए संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दलका नेता (शेरबहादुर देउवा) को नेतृत्वमा नयाँ सरकार बन्ने माओवादीको दाबी छ ।जबकी विगतको अभ्यास र सर्वोच्च अदालतको फैसलाहरुले समेत संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थन जुटाउने संसदको नेृतत्वमा सरकार गठन हुने प्रष्ट देखिन्छ ।

तर प्रधानमन्त्री, उनको दलसँगै केही कानुन व्यवसायीले समेत ७६ (३) अनुसार सरकार बन्छ भन्ने तर्क गरेपछि राष्ट्रपतिले समेत चासो देखाएका थिए । विगतको अभ्यास अनुसार ७६ (२) अनुसार नै सरकार गठनको आह्वान गर्ने पक्षमै छन् ।

त्यसैले कांग्रेस र एमाले नेताहरुले प्रधानमन्त्रीको पक्षमा ६३ मत भन्दा नकट्ने र अरु कुनै राजनीतिक सम्भावना समेत नरहेकाले संसद्लाई सम्बोधन गरेर राजीनामा गर्न आग्रह गरिरहेका छन् । त्यसो नगरे संसदमा मत विभाजन भए लगतै दुई तिहाई सांसदको समर्थन लिएर शीतल निवास जाने तयारी छ ।

राष्ट्रपतिले आह्वान गर्नासाथ जाने कि त्यसभन्दा अगाडि नै भन्ने छलफलमै रहेको एक नेताले बताए । एमालेका कतिपय नेताहरुले नयाँ सरकार गठन गर्न प्रष्ट बहुमत आफूहरुसँग भएकाले राष्ट्रपति लामो प्रक्रियामा गइरहन आवश्यक नपर्ने बताएका छन् । तर कांग्रेसमा भने राट्रपतिले आह्वान गरेपछि बहुमतसहित जानुपर्ने र प्रधानमन्त्री नियुक्तिका लागि तोकिएको समयसम्म पर्खिनुपर्छ भन्ने मत बलियो छ । ‘यसबारे के शुक्रबार नै केही भन्न सकिएला’ कांग्रेसका एक पदाधिकारीले भने ।

कांंग्रेसबाट प्रकाशमानको नेतृत्व
नेताहरुका अनुसार, साउन पहिलो साताभित्र मन्त्रिपरिषद्लाई नै पूर्णता दिने योजनामा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा आली छन् ।
‘साउन २/३ गतेभित्रै मन्त्रिपरिषद् बनाइसक्ने योजना छ, त्यसैअनुसार छलफल चलिरहेको छ’, कांग्रेस निकट एक नेताले भने । ती नेताका अनुसार, नयाँ सरकार चाँडो बनाउने योजना अन्तर्गत देउवा र ओलीले दुई उपप्रधानमन्त्रीको टुंगो लगाइसकेका छन् ।

 

सहमति बमोजिम अर्थ मन्त्रालय पाउने एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पठाउने तयारी गरेको छ । ‘अनुभवी मन्त्री पठाउने भन्ने मानक बनाएपछि हाम्रो पार्टीभित्र अर्थ मन्त्रालय चलाउन विष्णु पौडेल निर्विकल्प हुनुभयो’, एमालेका एक पदाधिकारीले भने, ‘कांग्रेसबाट शेरबहादुर देउवाले प्रकाशमान सिंहलाई सरकारको नेतृत्व गरेर पठाउने भनेपछि विष्णु पौडेल पक्का हुनुभयो ।’

ओली नेतृत्वको सरकारमा जनमत पार्टी, जसपा, लोसपा र नाउपा सहभागी हुने पक्का भइसकेको छ । सिके राउत नेतृत्वको जनमत र अशोक राई नेतृत्वको जसपालाई ओली आफैंले सरकारमा सहभागी गराउन चाहेका थिए । लोसपा र नाउपालाई देउवाले सहभागी गराउँदैछन् । ‘ठूला दलहरु मिलेर सरकार बनाउँदाको जोखिम हल गर्न यसपटक अनुभवी र योग्य मन्त्रीहरु छान्नुपर्छ, बीचमा फेर्नुपर्ने गरी निर्णय गर्नु हुन्न भन्नेमा दुवै दल प्रष्ट छौ’, एक नेताले भने ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर