फुटबलका बादशाह मेस्सीले नुहाइदिएको काखेबालक यमाल जो अहिले चर्चाको चुलिमा
- असार २८, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
फुटबल खेल नै यस्तो जहाँ हरेक समयको चर्चा हुन्छ । बिशेष गरि खेलाडीहरुको पछाडिका दृष्यहरुलाई संचारकर्मीहरुले पछ्याई रहेका हुन्छ । बिश्व फुटबलमा खेल पछिका दृष्यहरुले निकै महत्व पनि राख्छ । फुटबलप्रेमीहरुलाई आफना मनपर्दा र भरपर्दा खेलाडीहरुको जानकारी लिने उत्साह पनि त्यतिकै हुन्छ । अझ फुटबलको माध्यमबाट बिश्वलाई हल्लाई रहेका खेलाडीहरुको हकमा त यस्ता कुराहरुले झनै माने राख्छ ।
यहाँ प्रस्ट्याउन खोजेको पनि त्यही हो जुन फुटबलका नवआगन्तु र कान्छा खेलाडी र अर्का फुटबलका बादशाहको सँग सम्वन्धित छ । सन् २००७ मा अर्जेन्टिनी फुटबलर लिओनेल मेस्सीले बार्सिलोना फुटबल क्लबको रङ्गशाला ’क्याम्प नू’को ड्रेसिङ रूममा समाजकल्याण हितको लागि भित्तेपात्रोमा छाप्ने उद्देश्यले एक शिशुसँग फोटो खिचाएका थिए। जुन बेला मेस्सी २० वर्षका थिए र फुटबल खेलाडीका रूपमा उनले चर्चा बटुल्न थालिसकेका थिए । कालान्तरमा उनी निकै प्रतिभावान् र सफल खेलाडीका रूपमा स्थापित भए ।
त्यतिबेला तस्बिर खिच्ने फोटोग्राफर वा अरू कसैले पनि ती शिशु १७ वर्षभन्दा कम अवधिमा अन्तर्राष्ट्रिय फुटबलमा प्रभावशाली खेलाडीका रूपमा उदाउँछन् भन्ने कल्पना पनि गरेका थिएनन्। तस्बिर खिचाउन मेस्सीले काखेबालक लमिन यमाललाई नुहाएदिएका थिए। तिनै यमालले अहिले जारी यूरो कपमा निकै चर्चा कमाएका छन्।
यूरोमा यमाल र कोपा अमेरिकामा मेस्सी
जर्मनीमा जारी यूरो कप फुटबलको सेमिफाइनलमा यमालले मङ्गलवार फ्रान्सविरुद्ध गोल गरे। उक्त गोलको दशकौँसम्म चर्चा हुने छ किनकि उनले यूरो कपको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको इतिहास बनाएका छन्।
गोल गर्दा यमाल १६ वर्ष
फ्रान्सले एक गोल गरेपछि पछाडि परेको स्पेनलाई यमालले बराबरीको स्थितिमा पु¥याए। दानी ओल्माले गरेको अर्को गोलको सहयोगमा स्पेन विजयी भयो। तीनवटै गोल खेलको पूर्वार्धमा भएका थिए।
यमालले कसरी पाएका थिए अवसर
लामो समयसम्म कसैले वास्ता नगरेको तस्बिर गत साता सामाजिक सञ्जालमा देखा प¥यो। यमालका बुवाले गत साता “दुई प्रतिभाशाली खेलाडीको थालनी“ भन्ने वाक्यसहित एउटा तस्बिर इन्स्टाग्राममा पोस्ट गरे। समाचारसंस्था एपीका लागि काम गर्ने जोन मन्फर्टले मेस्सी र यमालका तस्बिरहरू खिचेका थिए। लमिनको परिवार बस्दै आएको मातारो सहरमा यूनिसेफले गोलाप्रथा गरेपछि ती तस्बिर खिचिएको मन्फर्ट बताउँछन्।
उनीहरूले बार्साका एक खेलाडीसँग क्याम्प नूमा तस्बिर खिच्न पाउने अवसरका लागि नाम दर्ता गरेका थिए। अनि उनीहरूले जिते,मन्फर्टले एपीसँग भने। उक्त काम त्यति सजिलो भने नभएको उनी बताउँछन्।मेस्सी निकै अन्तर्मुखी छन्, उनी लजालु छन्, उनले भने। उनी लकर रूमबाट बाहिर निस्किँदै थिए, अनि उनी अकस्मात् पानी भरिएको प्लास्टिकको बाटामा एउटा बच्चा राखिएको अर्को कोठामा पुगे। त्यो अलमल पार्ने खालको कुरा थियो। सुरुमा त उनलाई ती बालकलाई कसरी समात्ने भन्ने पनि थाहा थिएन।
यमालको बार्सिलोना यात्रा
मेस्सीले जसरी नै यमालले पनि बार्सिलोनाबाट खेले। उक्त क्लबबाट खेल्ने उनी सबैभन्दा कान्छा खेलाडी र गोलकर्ता हुन्। उनी स्पेनिश लीग ’ला लिगा’ मा पनि गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी हुन्। गत साता अनलाइन माध्यममा तस्बिर भाइरल हुन थालेपछि त्यसमा भएका शिशु यमाल भएको मन्फर्टले भेउ पाए।
त्यति धेरै सनसनी फैलाएको कुरामा नाम जोडिनु निकै रमाइलो कुरा हो, उनले भने। साँच्चै भन्नुपर्दा यो निकै सुखद अनुभूति हो।
एजेन्सीको सहयोगमा
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments