२८, असार ।
मनोरञ्जन मुखी बन्दै गएको यो संसारमा जति पत्रकारीताको माग बढ्दो छ । पत्रकारीताका विभिन्न आयामहरुले आ आफनो गतिलाई तिव्रता पनि दिईरहेका छन् । यही पत्रकारीताको आयाम भित्र आफूलाई समाहित गरेका थिए सूदूरपश्चिमका पत्रकारीताका गुरु पुराना र लगनशिल बरिष्ठ पत्रकार कर्णदेव भट्ट जो अहिले हामी सामु छैनन ।
केही वर्ष अघि नयाँ बानेश्वरको फारवेष्ट टाइम्सको अनलाइन संस्करणको कार्यालयमा भएको भेटमा उनले अहिले पत्रकारीताको संसार नै अलग रहेको औंल्याएका थिए । पत्रकारीतालाई प्रयोग गर्न न कुनै मौसम चाहिन्छ न त कुनै साइत नै जुराउनु पर्छ । खाली लेख्न र बोल्न जान्नुपर्छ त्यसमा पत्रकारीताको गुण झल्कि हाल्छ भन्थे भट्ट ।
पत्रकारीतालाई सुख दुखको असली साधन हो भन्न रुचाउने भट्ट पत्रकारीता विना अहिलेको संसार निरस सरह नै हो भन्थे । हो यही पत्रकारीताको संसारलाई कसरी चलाउने भन्ने निर्णय गर्ने व्यक्तिहरु अलग्गै हुन्छन् । तर आफूमा लगन भने हुनुपर्छ भन्थे भट्ट ।
नेपाली पत्रकारीता जगतका सुन्दर पक्षलाई जहिले पनि अँगाल्ने नयाँलाई सिकाउने र मौका दिने, पुरानालाई आफनो अनुभव बाँड्ने गुण थियो सूदूरपश्चिमका पुराना पत्रकार भट्टमा । नेपाली पत्रकारीताको क्षेत्रमा आफनो जिवनकाल सुम्पेका भट्टले नेपालको बिगतमा बिकासको पाटोबाट किनारा लागेको सूदूरपश्चिमलाई आफनो कर्मथलो बनाएका थिए ।
जिल्लामा बसेर पत्रकारीताको बिकासमा लागेका भट्टले आफनो जिवनकालमा धेरैलाई पत्रकारीताको बाटोमा लाग्न हौसला दिने गर्थे । बिगतमा दुःखी पेशाको रुपमा मानिएको पत्रकारीतालाई भट्टले आफनो स्थानबाट एक योग्य र अनुभवी पत्रकार बनाउन कुनै कसर बाँकी राखेका थिएनन् ।
कालो पानाबाट रंगिन पानामा बद्लिएको फारवेस्ट टाइम्स दैनिकको अध्यक्ष र सम्पादकको रूपमा आफूलाई सर्मपण गरेका भट्ट कै चासोमा नेपाली अनलाइनको दुनियाँ नौलो प्रस्तुति दिने हेतुले फारवेष्ट टाइम्सको नाममा फारवेष्टटाइम्स डट कमको शुभारम्भ पनि भएको थियो ।
चार दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील भट्टले पत्रकारीताको माध्यमबाट बिभिन्न आफनो सक्रियता देखाउँदै आएका थिए । भट्टले कञ्चनपुरबाट प्रकाशित हुने सुदूरपश्चिम टाइम्स दैनिकमा सम्पादक रुपमा कार्य गरेका थिए । राष्ट्रिय समाचार समितिको सञ्चालक समिति सदस्य रहेर काम गरेका ७६ वर्षीय भट्ट लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित भएको उनको परिवारले बताएको छ । यही मधुमेह र उच्च रक्तचापका कारण भट्टले यो धर्तीबाट बिदा लिएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments