विश्वास र आदर्शले जोडेको भए आफूलाई चिन्ता नहुने : प्रधानमन्त्री दाहाल

- असार २८, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई डर र भयले जोडेको टिप्पणी गरेका छन् । विश्वासको मत लिने प्रस्ताव संसदमा टेबल गर्दै प्रधानमन्त्री दाहालले विश्वास र आदर्शले जोडेको भए आफूलाई चिन्ता नहुने बताए ।

सुशासन कायम हुँदै जान थाल्यो भन्ने डरले कांग्रेस र एमालेलाई जोडेको उनले बताए । उनले अगाडि भने, ‘तपाईँहरुलाई डरले जोड्यो, भयले जोड्यो । त्यो डर हो, सुशासनको डर ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर