संविधान संशोधन गरेर कांग्रेस एमालेले दलित, महिला पाइरहेका अधिकार खोस्न खोजे : प्रधानमन्त्री दाहाल
- असार २८, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको खेलाँची नगर्न कांग्रेस एमालेलाई चुनौती दिएका छन् । शुक्रवार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले दुई दल २०४७ सालतिरै फर्कन खोजेको बताए ।
उनले भने– ‘निराधार आरोप लगाएर दुई प्रतिस्पर्धी पार्टी बढो रहस्यमय तरिकाले आज भएका ठाउँमा उभिनुभएको छ । कतै स्थायित्वको नारा दिनुभएको छ, कतै संविधान संशोधनको छिर्के हान्नुभएको छ, गर्नु के भएको हो ? आधिकारिक हस्ताक्षर बाहिर ल्याउनुभएकै छैन । साथीहरूलाई मेरो प्रश्न छ, संविधान संशोधन जस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्नुहोला ।
तपाईंहरुको जस्तै तरिकाले जनताको स्वीकार्यता पाउँछ ? राष्ट्रियसभाको सबैभन्दा ठुलो दल हो माओवादी केन्द्र । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ? कतै स्थिरताको नाममा तपाईंहरुले समावेशी, समानुपातिक प्रणाली समाप्त पार्न खोजेको गन्ध आएको छ । तपाईंहरुको इच्छा २०४७ सालतिरै फर्किने होला भन्ने लाग्छ मलाई ।’
उनले अस्थिरताको कारण देखाएर समानुपातिक अनि समावेशी प्रतिनिधित्व हटाउन खोजेको र र साना दलहरूलाई निषेध गर्न खोजेको बताए । उनले साना दलहरू आज कांग्रेस एमालेतिर गए पनि भोली थाहा पाउने उल्लेख गरे । उनले संविधान संशोधन गरेर कांग्रेस एमालेले दलित, महिला लगायतले पाइरहेका अधिकार खोस्न खोजेको दाबी गरे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments