कांग्रेस र एमाले मिल्दा लोकतन्त्र कमजोर हुन्छ कि भन्ने चिन्ता देखीयो : कांग्रेस नेता लेखक
- असार २८, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्र्रचण्डले राखेका अधिकांश विषयमा आफ्नो असहमति रहेको बताएका छन् । तर पीडा र आक्रोशमा रहेका उनीमाथि राजनीतिक टिप्पणी गरेर थप पीडा दिने परम्परा नभएको उनले बताए ।
विश्वासको मत लिने प्रधानमन्त्री दाहालको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै लेखकले कांग्रेस र एमाले मिल्दा लोकतन्त्र कमजोर हुन्छ कि भन्ने अरुको पनि चिन्ता देखिएको बताए ।
उनले अगाडि भने, ‘आज सम्माननीय प्रधानमन्त्रीजी प्रधानमन्त्रीकै रुपमा रोष्टममा उभिँदा प्रमुख प्रतिपक्षी दलको ठीक नेताका रुपमा देखिसकेको हुँदा अब संसदमा प्रतिपक्ष कमजोर हुन्न कि भन्ने लाग्छ ।’
बरु प्रचण्डलाई ठीक जिम्मेवारी दिन नसक्नु गल्ती हो कि भन्ने लागेको उनले बताए । कांग्रेस प्रमुख सचतेक लेखकले भने, ‘यस्तो जबरजस्त प्रतिपक्ष दलका नेता हुनसक्ने व्यक्तिलाई लामो समय प्रधानमन्त्री बनाएर हामीले हिजो–अस्ती प्रतिपक्षलाई कमजोर गर्यौं कि ?’ उनले संघीयता, गणतन्त्र, समावेशीता कमजोर नगर्ने भन्दै गलत भाष्य नबनाउन आग्रह समेत गरे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments