रविले विश्वासको मतसम्बन्धी बहसबाट विषयान्तर गरेको भन्दै खतिवडाको नियमापत्ति

- असार २८, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने घोषणा गर्न रोष्ट्रममा पुगेका गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने बोल्दाबोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति गरे । शुक्रबार लामिछानेले संसदमा बोल्ने क्रममा कांग्रेस र एमालेमाथि प्रश्न उठाउँदै सरकारमार्फत् सुशासनको पक्षमा काम गर्दागर्दै छाड्नुपरेको भनाई राख्दै थिए ।

त्यस क्रममा उनले गृहसहित रास्वपाले सम्हालेका मन्त्रालयहरुको चार महिने प्रगति विवरण पनि पेश गर्न थाले ।कांग्रेस सांसद खतिवडाले विश्वासको मतसम्बन्धी बहसबाट विषयान्तर किन भएको भनी तलबाट प्रश्न उठाए । सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानाले प्रष्ट गरिन्, ‘माननीय लामिछानेलाई गृहमन्त्री तथा रास्वपा सभापतिकै हैसियतमा बोल्न दिइएको हो ।’

त्यसपछि उनले लामिछानेलाई भनिन्,‘आफ्नो भनाई संक्षिप्तमा राख्न अनुरोध छ ।’ लामिछानेले तुरुन्तै प्रतिवाद गरे । सत्तामा आउन नपाउँदै आफ्नो पारा देखाउन थालिहालेको भन्दै उनले खतिवडातर्फ कटाक्ष गरे । बिहानीले दिनको संकेत गर्छ भन्दै उनले त्यस्तो सुरुवात गरेको भन्दै एक मिनेटमै भाषण टुंग्याए ।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर