सञ्चालक बजगाईंले काम गरेको पैसा नदिई गालीगलौज गरेको निहुँमा कामदारले गरे हत्या
- असार २८, २०८१ मा प्रकाशित
कासिन न्यूज,
विराटनगर ।
मोरङ प्रहरीले सुन्दरहरैँचामा कुखुरा फर्मका सञ्चालकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ घर भएका ३५ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले कासिन न्यूज सँगको कुराकानीमा बताए ।
डीएसपी बस्नेतका अनुसार उनीहरूले सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको बिहीबार बिहान हत्या गरेको थिए । पक्राउ परेकाहरु मृतकको फर्मका कामदार दम्पत्ति हुन् ।बजगाईंले सुन्दरहरैँचा–१ मा कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए ।
प्रहरीका अनुसार डेढ महिना अघिदेखि उनीहरुले कुखुरा फार्ममा काम गर्दै आएका थिए । बिहीबारदेखि फरार भएका उनीहरुलाई सुनसरीको धरान उपमहानगरपालिका–१२ स्थित अरुणोदय धर्मशालाको गेस्ट हाउसबाट पक्राउ परेका हुन् ।
फार्मका सञ्चालक बजगाईंले काम गरेको पैसा नदिई गालीगलौज गरेको निहुँमा उनीहरूले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।
बजगाईंको शव टाउको क्षतविक्षत भएको विभत्स अवस्थामा बिहीबार बिहान १०ः३० बजेतिर कुखुरा फर्मभित्रै भेटिएको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments