कासिन न्यूज,
काठमाडौं ।
नेपाली साहित्य त्यसमा कविता बिधाको ज्ञाता भानुभक्त आचार्य साहित्यीक इतिहासको पानाबाट कहिले पनि नमेटीने नाम हो । साहित्यीक क्षेत्रको हरेक बिधामा आफूलाई अब्बल दर्जामा राख्न सफल भएका नेपालका आदिकवि भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीको कोखबाट तनहुँ जिल्लाको चुँदी रम्घामा भएको थियो ।
भानुभक्तका हजुरबुवा श्रीकृष्ण आचार्यले सानै उमेरदेखि शिक्षा दिएका थिए । उनका बुबा धनञ्जय राणा शासन कालमा सरकारी जागिरमा काम गर्थे । उनक हजुरबुवाले नक्षत्र बलिदान विधि, कपुृर स्तोत्र, तीर्थ श्राद्ध, कार्तिक महात्म्य, ज्योतिष रत्नमाला जस्ता पुस्तकहरू संग्रहित र लेखेका थिए ।
पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया
खूब् उच्चाकुल आर्यवंशि हुन गै सत्कर्ममा मन् दिया।
विद्यामा पनि जो धुरन्धुर भई शिक्षा मलाई दिया
उन्को नाति म भानुभक्त भनी हूँ यो जानिचिन्ही लिया।।
१९५ वर्षअघि उदाएका नेपाली वाङ्ग्मयका ज्योति भानुभक्त राणाकालीन सङ्कटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन्। मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे।
एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले नेपालको राष्ट्रिय विभूति जस्तो सम्मान पाएका थिए भानुभक्तले ।
भानुभक्तलाई नेपाली भाषाको आदिकविको उपाधिले विभूषित गरिएको थियो । मोतीराम भट्टले वि.सं २०३७ मा आचार्यको जीवनी लेख्दा उनलाई आदिकवि भनेका थिए। उनलाईनेपालको पहिलो कवि भएकाले आदिकवि नभनिएको तर कविताको मर्म (भित्री सार)लाई बुझेर लेख्ने पहिलो कवि भएकाले उनी उपाधिको हकदार रहेको भनाइ छ । नेपाली पात्रो अनुसार असार महिनाको २९ औँ दिनमा पर्दछ भानुजयन्ती पर्ने गर्छ ।
भानुभक्तीय रामायण:
संस्कृत अध्यात्म रामायणको नेपाली रूपन्तर भानुभक्तीय रामायणलाई यिनको प्रमुख उल्थित काव्यकृति मान्ने प्रशस्तै ठाउँहरू छन् । सातकाण्डमा पूर्ण गरिएको यो रामायण भानुभक्तले तर एकै खेपमा रूपान्तर (उल्था) गरेका चाहिँ होइनन् । भानुभक्तलाई रामायण उल्था गर्न हुटहुटी लाउऩे व्यक्ति घाँसीलाई मानिए तापनि घाँसी प्रसङ्ग र रामायण लेखनमाझ सात वर्षको फेर पाइएकोले रामायण लेखनको प्रेरणासहित घाँसीलाई मात्र मान्न चाहिँ सकिँदैन । यिनका आफ्नै बाजे श्रीकृष्ण आचार्यको भक्कुचूर प्रेरणाले गर्दा नै यिनलाई अध्यात्म रामायणको भावानुवाद गर्ने हुटहुटी लागेको सम्भावना देखिन्छ । किनभने संस्कृतको अध्यात्म रामायण श्रीकृष्ण आचार्यले अहर्निश पाठ गरिरहन्थे । ती रामायणका श्लोकहरू मन लाएर सुन्ने एकमात्र श्रोता भानुभक्त नै थिए । यो श्रव्यकाव्यले भानुभक्तलाई अध्यात्म रामायण आफ्नै मातृभाषामा उल्था गर्ने प्रेरणा मिलेको देखिन्छ । तर घाँसीको दैवी प्रेरणालाई पनि टार्न चाहिँ सकिन्न ।
बालकाण्ड रामायण:
वि.सं. १८९७-१८९८ (सन् १८४०-१८४१) तिर २६/२७ वर्षको उमेरमा भानुभक्तले बालकाण्ड रामायण रूपान्तर गरेका हुन् । यो सिद्ध्याउन यिनलाई सम्भवतः एक वर्ष (३६५ दिन) जति समय लागेको थियो । बालकाण्ड रामायणमा मोठ १३९ श्लोक छन् । बालकाण्ड रामायणमा ग्रामीण परिवेशको सुन्दर वर्णन गर्नमा भानुभक्तीय अनुवाद अब्बल देखिन्छ । यो लेखिएको एकचालीस वर्षपछि वि.सं.. १९३८ (सन् १८८१)-मोतीराम भट्टको हुटहुटीमा भट्टको हुटहुटीमा तेजबहादुर राणाद्वारा बनारसको भारत जीवन प्रेसबाट भानुभक्तीय रामायण प्रकाशित भएको पाइन्छ ।
अयोध्या काण्ड, अरण्य काण्ड, किष्किन्धा काण्ड, र सुन्दर काण्ड रामायण –
बालकाण्ड रामायण सिद्ध्याएको तेह्र वर्षपछि अर्थात् वि.सं.. १९०१ (सन् १८५४) तिर भानुभक्तले अयोध्या काण्ड, अरण्य काण्ड, किष्किन्धा काण्ड र सुन्दर काण्ड रामायण गरी चारै काण्ड पूरा गरेका पाइन्छ । यही वर्ष भानुभक्त कुमारीचोकमा थुना परेका थिए । यसताका यिनको जीवन कष्टप्रद भए पनि काव्ययात्राको विकास भने यस समयमा निकै महत्वपूर्ण देखिन्छ । बाल काण्ड रामायण उल्था गर्दासम्म भानुभक्त जनमानसमा अपिरिचित नै थिए । कुमारीचोकमा थुना परेको अवस्थामा उल्था गरिएका उपरोक्त चारै काण्डले भानुभक्तको नाम ‘दरवारिया’-हरूमाझ निकै चर्चाको विषय रहेको थियो । यसै समयदेखि भानुभक्तको प्रसिद्धि टुसाउन थालेको देखिन्छ ।
युद्ध काण्ड रामायण:
भानुभक्तले बालकाण्ड रामायण आफ्नै घरको काममा व्यस्त रहेको अवस्थामा उल्था गरेका हुन् भने अयोध्या काण्ड, अरण्य काण्ड, किष्किन्धा काण्ड, र सुन्दर काण्ड रामायण कुमारीचोकमा थुना परेका अवस्थामा उल्था गरेका हुन् । युद्ध काण्ड रामायण चाहिँ यिनले वि.सं.. १९०४ (सन् १८५५/’५८) तिर उल्था गरेको बुझिन्छ । यतिन्जेल भानुभक्त थुनाबाट मुक्त भए तापनि रम्घादेखि पटक-पटक काठमाडौँ आइरहनुपर्थ्यो – कति समय चाहिँ काठमाडौँमै वास समेत बस्नुपर्थ्यो । यसैताका लेखिएको यो युद्ध काण्ड रामायण सिद्ध्याउन यिनलाई एक वर्ष (३६५ दिन) भन्दा धेरै समय फुर्मास गर्नुपरेको देखिन्छ । सातकाण्ड रामायणमध्ये सबैभन्दा लामो काण्ड रहेको यस काण्डमा मोठ ३१६ श्लोक छन् ।
उत्तर काण्ड रामायण:
भानुभक्तले उत्तर काण्ड रामायण वि.सं. १९१९ (सन् १८६२) मा उल्था गरी सिद्ध्याएका हुन् भन्ने कुरा उनैको एउटा पत्र मार्फत खुलस्त हुन्छ ।
भानुभक्तीय रामायणमा छन्द प्रयोग –
कवि भानुभक्त आचार्य एकजना साधारण अनुवादक मात्र होइनन् तर यिनी प्रतिभाशाली, मेधावी, खप्पिस, अब्बल अनुवादक हुन् भन्ने मूल अध्यात्म रामायण र यिनको रामायणमा प्रयोग भएका छन्दहरूले नै छतछती प्रमाण गर्दछ । मूल अध्यात्म रामायणमा पन्ध्रवटा विभिन्न वर्णमात्रिक संस्कृत छन्दको प्रयोग भएको पाइन्छ भने भानुभक्तीय रामायणमा मात्रै ९-वटा छन्द प्रयोग भएको पाइन्छ । ती छन्दहरू हुन् –
१। शार्दूलविक्रीडित छन्द,
२। शिखरिणी छन्द,
३। वसन्ततिलका छन्द,
४। इन्द्रवज्रा छन्द,
५। उपजाति छन्द,
६। स्रग्धरा छन्द,
७। मालिनी छन्द,
८। स्वागता छन्द,
९। द्रुतविलम्बित छन्द ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments