•  १२ पुष २०८१, शुक्रबार

सुन चाँदीको मूल्य घट्ने भन्दा बढ्ने क्रम जारी

- असार २९, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
साताको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ७ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम रहेको थियो । यो मूल्य नेपाली सुन बजारको लागि अहिले सम्मकै उच्च मूल्य गनिएको छ ।
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँ बढेर कारोबार रोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा २३ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार गत साताको शुक्रबार १ लाख ४४ हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ७सय रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा २३ सय रुपैयाँले बढेको हो ।
त्यस्तै यो साता चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १८ सय ७० रुपैयाँ थियो । जुन, यो साता चाँदीको मूल्य तोलामा १९ सय रुपैयाँ कायम छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर